समाचार

संबैधानिक अंगको आत्मसमर्पण,देश केहि वर्षकालागि कम्युनिष्ट शासनमा फस्यो : कोईराला



तौलिहवा  १४ फागुन। नेपाली कांग्रेसका केन्द्रिय सदस्य शेखर कोईरालाले दुई तिहाईको कम्युनिष्ट सरकारले जनताका आकांक्षाको सही संबोधन गरेर लोकप्रियता हासिल गर्न नसकेको  बताउनु भएको छ । उहाले एक पछि अर्को कामवाट ओली नेतृत्वको सरकार  संकट उन्मुख भएको वताउनु भएको हो । 

        नेपाली कांग्रस कपिलवस्तुद्धारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाले सो कुरा बताउनु भएको हो । सुशासनको नारा दिएको बर्तमान सरकार भ्रष्टाचार रोक्न आक्रमक बन्न नसकेको तर्क गर्नु भयो ।   स्वतन्त्र रुपमा काम गर्नु पर्ने निकायहरुमा दुई तिहाई सरकारको छाया परेको कोईरालाले आरोप लगाउनु भयो ।  नेता काईरालाले  सरकार सामु सर्वोच्च अदालत समते निरिह भएको आरोप लगाउनु भयो ।

        उहाले सरकार र सर्वोच्च अदालतको मिलोमतोमा धेरै निर्णय हुन थालेको आशंका गर्नु भयो । सरकारका गलत काम कारवाही बिरुद्ध अख्तियारले समेत बोल्न नसकेको स्पष्ट पार्दै दुई तिहाईको सरकारका सामु संबैधानिक अंगको आत्मसमर्पणले देश केहि वर्षकालागि कम्युनिष्ट शासनमा फस्ने आशंका गर्नु भयो ।केन्द्रिय सदस्य डा.चन्द्र भण्डारीले कान्डै कान्ड गरेर कम्युनिष्टहरु सरकार अब तिन बर्ष सरकार चलाउन सक्ने वा नसक्ने विन्दुमा पुगेको तर्क गर्नु भयो । उहाले अव काँग्रेसले घात अन्तरघात बिच पनि चुनाव जित्ने दाबी गर्नृु भयो  ।

        काँग्रेस पुर्व केन्द्रिय सदस्य तथा पुर्व मन्त्री दिप कुमार उपाध्यायले केन्द्रमा कुरा मिले सम्म भागबन्डा गर्ने र नमिल्दा बिरोध गर्ने प्रबृत्ति त्यानु पर्नेमा जोड दिनु भयो । सो अवसरमा कांग्रस जिल्ला स्तरिय नेताहरुले कांग्रसले सरकारका गलत कामको सशक्त रुपमा प्रतिबाद गर्न नसकेको भन्दै बिरोध जनाएका थिए  । कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टीका नेताहरु दिपक गिरी, सुरेन्द्रराज आचार्य, अमर सिंह पुन, डा.गोबिन्द पोख्रेल, डा. शोभाखर पराजुली लगायतले कांग्रेसलाई कसरी राम्रो वनाउन सकिन्छ  भन्ने विषय उपर तर्क नैनगरी सरकार विरुद्ध मात्र बोल्नु भएको थियो  ।

        कार्यक्रममा पार्टीका पुर्व जिल्ला सभापति राजेश आचार्य, सुधाकर पाण्डे, कमलेश कुमार शर्मा, बिष्णुराज आचार्य, महिला नेतृ इन्दीरा भट्टराई लगायतले पार्टी एकबद्ध भई सरकारको गलत कामको भन्डाफोर गर्नु पर्ने बाताउनु भएको थियो । 

प्रकाशित : १३ फाल्गुन २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६