समाचार

स्वास्थ्य क्षेत्रमा वर्डाको रचनात्मक काम



कपिलवस्तु १४ फाल्गुन । जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर ११ ले  सेनेटरी प्याड वितरण गरेको छ । वडा भित्रका निजी तथा सामुदायिक विद्यालयलाई १० हजार थान निशुल्क सेनटरी प्याड वितरण गरेको वडा कार्यालयले जनाएको छ । वडा नम्बर ११ ले भौतिक विकासलाई मात्र नभई स्थानियको शिक्षा र स्वास्थ्यलाई पनि प्राथामिकता दिदै स्वास्थ्य लगाएतको क्षेत्रमा विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको अध्यक्ष सोमनाथ अर्यालले बताउनुभयो । किशोरीको स्वास्थ्य तथा सरसफाइलाई अभियानकै रुपमा संचालन गर्ने आर्यलले बताउनुभयो । प्याड वितरण गर्दै वडा अध्यक्ष अर्यालले किशोरीको स्वास्थ र सरसफार्इ लाई विशेष ख्याल गर्दै अगाडि बढ्न सकेमा मात्रै सफल हुने बताउनुभयो । वडाले महिनावारी सरसफाइ कार्यक्रम अन्तरगत विद्यालयलाई प्याड वितरण गरेको हो । 

प्रकाशित : १४ फाल्गुन २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६