समाचार

विद्यालयको वार्षिक उत्सवमा अभिभावकको कोसेली



 पाल्पा १४ फागुन विद्यालयको वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम मञ्चको दाहिने पट्टीको एक कुनामा टेबल कुर्ची सहित विद्यालयका कर्मचारीहरु सामग्रीहरुको विवरण टिपोट गर्दैछन् । टेबलमा कापी, कलम डायरीको थुप्रो छ । अभिभावकहरु आफूले ल्याएको सामग्रीहरु दर्ता गर्नका लागि लाइनमा छन् । यो दृश्य हो पूर्वखोलागाउँपालिकावडा नं.१ सिलुवा स्थित जानर्मा माध्यमिक विद्यालयको, फागुन ७ गने सम्पन्न ५८ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको । जनमार्ग माध्यमिक विद्यालयका अभिभावकहरु केही न केही सामग्री लिएर वार्षिक उत्सवमा उपसिथ्त हुने गर्छन् । विद्यालयको वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा अभिभावकहरु शैक्षिक सामग्री सहित उपस्थित हुने पञ्चायतकाल देखि चलेको चलनलाई यहाँका अभिभावकहरुले निरन्तरता दिइदै आएका छन् ।              
          विद्यालयका संस्थापक अध्यक्ष इन्द्र नारायण श्रेष्ठका अनुसार पञ्तायतकालमा प्रधानपञ्च तथा जनप्रतिनिधिहरु विद्यालयको वार्षिक उत्सव तथा अभिभावक दिवसमा पाहुनाको रुपमा उपस्थित हुन्थे । उनीहरु विद्यालयका सर्वोश्रष्ठ छात्र÷छात्रालाई प्रोत्साहन स्वरुप कापीकलमको उपहार दिने गर्थे । उ बेलाको उपहार दिने कामको सिको अचेल अन्य उपस्थित अभिभावकहरुले गरेको पूर्व प्रधानाध्यापक तथा वडा अध्यक्ष भोग बहादुर थापाले बताए । यसको सिको सँगै विद्यालयका सिमित विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप शैक्षिक सामग्रीहरुको उपहार दिने काममा पनि व्यापकता आएको छ ।    
     संकलित सामग्रीहरुको प्रयोगको क्षेत्रले पनि व्यापकता पाएको छ । विद्यालयका प्रधानाध्यापक श्याम बहादुर दिसाका अनुसार विभिन्न प्रतियोगितात्मक कार्यकलापमा उच्च स्थान हासिल गर्ने विद्याथीहरुलाई पुरस्कारको रुपमा मात्रै नभई  कापी कलम बिना आउने विद्यार्थीहरुलाई लेखन अभ्यासका लागि यी सामग्रीहरु प्रयोग गरिन्छ ।

          “बिपन्न परिवारका बालबालिका कापी कलम नलिइकन आउने गर्छन” प्रधानाध्यापक दिसाले भन्नु भयो  “सबैबाबु नानीहरुलाई कक्षाकोठाभित्र गरिने लेखन अभ्यासका लागि यो चलनले सहज बनाएको छ ।” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिरी मान आलेका अनुसार अभिभावकहरुबाटै शैक्षिक सामग्री संकलन गर्ने यो चलन आफैमा राम्रो भएकोले यो अभ्यासलाई प्रवद्र्धन गर्दै निरन्तरता दिइने छ ।

प्रकाशित : १४ फाल्गुन २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६