डोल्पा २० फागुन । त्रिपुरासुन्दरी नगरपालिका १ को करेलीकाँडा गाँउका ३५ जनाभन्दा बढी एकैपटक बिरामी भएपछि नगरपालिकाले स्वास्थ्य प्राविधिकसहितको टोली प्रभावित क्षेत्रमा पठाएको छ ।मुकुटेश्वर हिमालमुनि रहेको गाँउका ३५ जनामा रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउने समस्या देखिएपछि औषधिसहित स्वास्थ्य प्राविधिकको टोली प्रभावित क्षेत्रमा पठाएको नगर प्रमुख ओमबहादुर बुढाले जानकारी दिनुभयो ।उहाँका अनुसार टोलीले उनीहरुको स्वास्थ्य परीक्षण गरेर फर्किएपछि मात्रै रोगको पहिचान हुनेछ । अहिलेसम्म के भएको हो भन्ने यकिन नभएको उहाँको भनाइ छ । उपचारको लागि कम्तीमा दुई घण्टा हिँड्नुपर्ने भएकाले बिरामीले उपचार सेवा समेत नपाएको उहाँले जानकारी दिनुभयो ।
२० फाल्गुन २०७६, मंगलबार
प्रतिक्रिया