ब्रेकिंग न्युज

‘कञ्चन पत्रकारिता पुरस्कार’ सारूमगर र जिटीलाई



गण्डकी, १० साउन

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) गण्डकीमा स्थापित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ कास्कीका खेम सारुमगर र स्याङ्जाका गोपाल जिटीलाई प्रदान गरिने भएको छ । फोनिजका सङ्घीय सल्लाहकार शान्ति गुरुङको संयोजकत्वमा रहेको प्रतिभा छनोट समितिले पुरस्कारका लागि उहाँहरूको नाम सिफारिस गरेको हो । पुरस्कारको राशि जनही रु २५ हजार र सम्मानपत्र छ । सारूमगर सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, प्रादेशिक प्रसारण केन्द्र पोखरामा कार्यरत हुनुहुन्छ । स्याङ्जाका जिटी प्रमाण मिडिया ग्रुप प्रालिअन्तर्गतको प्रमाण न्यूज साप्ताहिक र प्रमाण अनलाइनमा कार्यरत हुनुहुन्छ । फोनिज स्थापना दिवसका अवसरमा यही साउन २१ गते पोखरामा आयोजना हुने समारोहमा पुरस्कार प्रदान गरिने फोनिज गण्डकीका अध्यक्ष खिमा गुरुङले जानकारी दिनुभयो । पोखराका व्यवसायी विमलमान गुभाजु र उहाँको परिवारले आफ्ना बाबुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् । यसअघि उक्त पुरस्कारबाट कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, हुमबहादु तमु, दीपेन्द्र श्रेष्ठ, राम गुरुङ, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना, लमजुङका आश गुरुङ, मुस्ताङका सुन्दरकुमार थकाली, नवलपुरकी कमला राना र गोरखाका कैलाशबाबु श्रेष्ठ सम्मानित भइसक्नुभएको छ । –––

प्रकाशित : १० श्रावण २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६