समाचार

टिप्परको ठक्करबाट दुई जनाको ज्यान गएपछि स्थिति तनावग्रस्त



मोरङ २१ फागुन । विराटनगर महानगरपालिका–१९ मा टिप्परको ठक्करबाट दुई जनाको ज्यान गएपछि स्थिति तनावग्रस्त बनेको छ । स्थानीयले टिप्पर चालकलाई कडा कारबाही गर्न माग गरेका छन् । त्यस्तै पीडित परिवारलाई क्षतिपूर्ति र विराटचोक–घिनाघाट सडकमा टिप्पर आवागमनमा रोक लगाउनुपर्ने माग राखेका छन् । अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । साइकल र एम्बुलेन्सबाहेक अन्य सबै खालका सवारीसाधन स्थानीयले चल्न दिएका छैनन् । घटनापछि आक्रोशित स्थानीयले दुई वटा टिप्परमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।घटनापछि उत्पन्न समस्या समाधानका लागि अहिले वार्ता भइरहेको छ । प्रहरी, प्रशासन र पीडित पक्षबीच छलफल भइरहेको हो । पुष्पलाल चोक–विराट चोक सडकखण्ड अन्तर्गत मिलन चोकमा टिप्परले ठक्कर दिँदा दुई जनाको ज्यान गएको थियो । टिप्परले ठक्कर दिँदा मोरङ ग्रामथान गाउँपालिकाका अटो चालक ४५ वर्षीय बाबुराम सरदार र उनकी ६ वर्षीया नातिनी सबिता सरदारको ज्यान गएको हो । विराटनगरतर्फ आउँदै गरेको को १ ख २९१७ नम्बरको टिप्परले विपरीत दिशातर्फ जाँदै गरको प्रदेश १–००२ ह ८६०६ नम्बरको अटो टेम्पोलाई ठक्कर दिएको थियो । प्रहरीले टिप्परसहित टिप्प चालक सुनसरी रामधुनी–५ का ३३ वर्षीय हरेराम चौधरीलाई नियन्त्रणमा लिएको छ । 

प्रकाशित : २१ फाल्गुन २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६