प्रदेश

प्रदेशको २७ औ विओपी महाराजगंजमा ।



कपिलवस्तु २२ फाल्गुन ।देश भर वि. ओ.पि थप गर्ने क्रममा कपिलवस्तुको महाराजगंजमा एक पोष्ट थप भएको छ । जिल्लाको महाराजगंज नगरपालिका १० हदौनामा वि.ओ.पि ( वर्डर आउट पोष्ट ) को स्थापना भएको छ । कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारी दिर्ग नारायण पौडेल र सशस्त्र प्रहरी नायव महानिरीक्षक नारायण दत्त पौडेलले पोष्टको उद्घाटन गर्नु भयो ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथी तथा सशस्त्र प्रहरी नायव महानिरीक्षक नारायण दत्त पौडेलले पोष्टले सिमा सुरक्षा तथा अनुगम, रेखदेख , राजस्व छली नियन्त्रण , सिमा अपराध, शान्ति सुरक्षा कायम गर्ने लगायतका काम गर्ने वताउनु भयो । पोष्ट स्थापना भए पछी यहाका जनताले खुसीको महसुस हुने गरी काम गर्न पौडेल कर्मचारीलाई निर्देशन समेत दिनु भएको छ ।


सरकारले देश भर ११४ वि.ओ.पि. थप गर्ने निर्णय भए अनुसार थप भएको प्रजिअ पौडेलले वताउनु भयो । पोष्ट स्थापना भए पछी यहा जनताले शान्ती सुरक्षाको समेत अनुभुती गर्ने पौडेलले वताउनु भयो । यो जिल्लाको छैठौ र प्रदेश नं. ५ को २७ औ वि.ओ.पि हो । वाणगंगा छोटी भन्सार को जिर्ण भवनलाई मर्मत गरी पोष्ट स्थापना गरीएको हो ।
समुद्घाटन कार्यक्रममा नारायण दल गणका गणपती तुरेन्द्र विक्रम आङदेङ्वे, सशस्त्र प्रहरी उपरिक्षक जनक पुरी, नेपाल पत्रकार महासंघ कपिलवस्तु जिल्ला अध्यक्ष डिलाराम भुसाल, वडा अध्यक्ष योगेन्द्र केसी लगायतले वोल्नु भएको थियो । 



प्रकाशित : २१ फाल्गुन २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६