समाचार

मेयरको फेसबुक आइडी ह्याक गरी पैसा असुली !



प्यूठान : प्यूठान नगरपालिका नगरप्रमुख अर्जुनकुमार कक्षपतीको फेसबुक आइडी ह्याक गरी पैसा असुली गरिएको भेटिएको छ । मंगलवारदेखि आइडी ह्याक गरी विभिन्न व्यक्तिसँग इ-सेवा मार्फत पैसा असुली गरेको भेटिएको हो । बुधवारसम्म करिव ५० हजार रुपैयाँ असुली गरेको कक्षपतीले जानकारी गराए ।

गलत आइडी खोलेर म्यासेन्जरमा पैसा हालिदिन् आग्रह गरेको फेला परेको छ । ‘मेरो आधिकारीक फेसबुक आइडीमा राखिएको उस्तै फोटो प्रयोग गरेर गलत आइडी बनाएछ’,कक्षपतीले भने,‘प्रहरीमा उजुरी गरेको छु ।’ यसबारे प्रहरीले अनुसन्धान थालेको छ । इ-सेवामा राखिदिएको नम्वर सहित प्रहरीमा उजुरी गरेको कक्षपतीले जानकारी गराए ।

साभार आजको पोष्टबाट

प्रकाशित : २१ फाल्गुन २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६