समाचार

कपिलवस्तुमा अज्ञात समुह द्धारा ६ गाडीमा आगजनी



कपिलवस्तु २३ फागुन  । कपिलवस्तुको विजयनगर गाउँपालिकाको लोहोरौला र शिवराज नगरपालिकाको तुरुन्तपुरमा गरि ६ वटा निर्माण साधन माथी अज्ञात समूहले आगजानी गरेको छ । शिवराज नगरपालिका ९ तुरुन्तपुरमा १ वटा स्काभेटर र  बिजयनगर गाउँपालिका वडा न २ लोहोरौलामा २ वटा व्याक ओई लोडर,१ वटा स्काभेटर, २ वटा बोलेरो जिपमा आगजनी भएको हो । बुधवार राती पौने १ बजे उक्त घटना भएको हो ।  ना १ क ९०६९,बा २ क ८७२९ नम्बरको व्याक ओई लोडर,  बा १९ च ६६४७, बा  १६च५२५० नम्वरको बोलोरो जिप र से १ क ७०,बा २ क १४७३ नम्बरको स्काभेटर जलेको हा ।

                  आगजानि भएका उक्त सामाग्री हुलाकी मार्ग निर्माण गर्ने जिम्मा लिएको शर्मा एण्ड शर्मा कम्पनीको रहेको पाइएको छ । हुलाकी मार्ग निर्माण प्रयोग गरिएका निर्माण साधन माथी अज्ञात समूह द्धारा आगजनी भएको प्रहरीले जनाएको छ । आगलागीबाट जेसिभि , स्काभेटर र स्कारपियो पूर्ण क्षति भएको ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले  बताउनुभयो । आगो किन र कस्ले लगाएको भन्ने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी सुनिल मल्लले जानकारी दिनुभयो । घटना स्थलमा इलाका प्रहरी कार्यालय गणेशपुर र खडैचा प्रहरी चौकीको प्रहरी पुगेको जनाइएको छ ।

प्रकाशित : २२ फाल्गुन २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६