समाचार

तरकारी तथा थोक व्यवसायी संघद्वारा मास्क र पञ्जा वितरण



बुटवल, २३  फागुन । लुम्बिनी फलफूल, तरकारी थोक व्यवसायी संघ रुपन्देहीले बुटवल कृषि उपज परिसरमा रहेका व्यवसायीहरुको वीचमा नोभेल कोरोना भाईरसको विषयमा सचेतना प्रदान कार्यक्रम गरेको छ । साथै उपज केन्द्रसंगै जोडिएका बासिन्दाहरु, उपज केन्द्रमा व्यवसाय गर्ने व्यवसायीहरु र आगन्तुकहरुलाई निशुल्क माक्स, ग्लव्स तथा सचेतना सम्बन्धी पम्लेट वितरण गरेको छ । विहिवार कृषि उपज केन्द्रमा एक कार्यक्रमको आयोजना गरी उक्त सचेतना सम्बन्धी कार्यक्रम र पूर्व सावधानी स्वरुप माक्स, ग्लोव्स र पर्चा पम्लेट  वितरण गरिएको हो । घका अध्यक्ष बाबुराम भुसालको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष जगदिशचन्द्र आचार्यलले बुटवलमा  संस्थागत रुपमा पहिलोपटक संघले सचेतानमूलक कार्यक्रम र माक्स र ग्लोव्स वितरण गरेकोमा सराहना गर्नुभयो । 

                         कार्यक्रममा बोल्दै वडा अध्यक्ष आचार्यले पूर्व सावधानी अपनाउनु कुनैपनि रोगबाट बच्ने पहिलो उपाय हो भन्दै अव सचेत हुनु आवश्यक छ भन्नुभयो । कार्यक्रममा बुटवल उपमहानगरपालिका सहरी स्वास्थ्य केन्द्र ४ र ६ का प्रमुख हेल्थ सहायक पदम अर्यालले नोभेल कोरोना भाईरस सर्ने कारण, सावधानीका उपायहरुको विषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा सल्लाहकार केशव कुँवरले कृषि उपज केन्द्र भारत लगायत अन्य स्थानबाट समेत मानिसहरुको बढि आवत जावत हुने स्थान भएको कारण उच्च सर्तकता अपनाउन आवश्यक भएको बताउनु भयो । महासचिव मेघनाथ पौडेलको सञ्चालनमा भएको कार्यक्रममा बुटवल कृषि उपज केन्द्रका व्यवस्थापक बाली विकास अधिकृत रामबहादुर खत्री, उपज केन्द्र सञ्चालक समितिका अध्यक्ष तथा संघका सल्लाहकार घनश्याम भुषाल, सल्लाहकार कृष्णप्रसाद पोखरेल, सुरेन्द्र कुमार कान्तु लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो ।  अभियान अन्तर्गत कृषि उपज केन्द्र वरीपरि रहेका स्थानियहरुलाई बुटवल उपमहानगरपालिकाबाट जारी गरिएको नोभेल कोरोना भाईरस सचेतना पम्लेट वितरण समेत गरिएको महासचिव मेघनाथ पौडेलले जानकारी दिनुभयो । 

प्रकाशित : २३ फाल्गुन २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६