समाचार

प्रथम पद हस्तान्तरण तथा अवार्ड हस्तान्तरण कार्यक्रम सम्पन्न



कपिलवस्तु २३ फागुन । बुद्दभुमी जेसिजको प्रथम पद हस्तान्तरण तथा अवार्ड हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । संस्थापक अध्यक्ष राजिव खनालको अध्यक्षतामा भएको कार्यक्रमबाट आफ्नो कार्यकालमा सहयोग र सहकार्य गर्ने व्यक्ती र संस्थालाई कदर पत्र सहित सम्मान गर्नुभएको थियो ।कार्यक्रममा बोल्दै बुद्दभुमी नगरपालिका नगरप्रमुख केशव कुमार श्रेष्ठले जेसिजमा आवद्द हुने युवाले अन्य युवालाई परिवर्तन गर्न र सामाजिक कार्यमा सक्रिय भएर लाग्न प्रेरणा दिन आग्रह गर्नुभएको छ। नगरले  जेसिज सङ सहकार्य गरि युवाको क्षेत्रमा कार्यक्रमको आयोजना गर्ने प्रतिवद्दता व्यक्त गर्नुभएको छ।  कार्यक्रम संयोजक  जेसि रुपकराज खनालको  स्वागतमा भएको कार्यक्रमको सन्चालन  नेपाल जेसिजका प्रशिक्षक  रमेश अर्यालले गर्नुभएको थियो । जेसिजका संस्थापक अध्यक्ष राजिब खनालले जेसिज कुनै दल, धर्म सम्बन्धित नरहेको बताउदै सामाजिक क्षेत्रमा सकृय रहन चाहाने युवालाई जेसिजमा आवद्द हुन आग्रह गर्नुभएको छ।  युवालाई नेतृत्व बिकास तालिम, नगर सग सहकार्य गरि सरसफाई कार्यक्रम , सडक सचेतना, कार्यक्रममा बुद्दभुमी उधोग बाणिज्य सघका अध्यक्ष  शुभलाल भुषाल,   बुटवल जेसिजका अध्यक्ष  नरदेव न्यौपाने लगायतको उपस्थिति रहेको थियो।पदभार ग्रहण गर्दै अध्यक्ष टंक प्रसाद भुषालले आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । 

प्रकाशित : २३ फाल्गुन २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६