समाचार

किरीया खर्च जुटाउन नसक्दा परिवारको बिचल्ली,८ छोरी र १ छोराको भविश्य अन्योलमा



तम्घास २५ फागुन । घरमा १० जनाको परिवारलाई धान्दै आएका ४५ बर्षिय रामबहादुर खडकाको निधन भएपछि परिवारमा किरीया खर्चको समेत अभाब भएको छ ।  गुल्मीको  मदाने गाउँपालिका वडा नं ७ भनभने नेटाखर्कका ४५ बर्षिय राम बहादुर खडकाको फागुन १५ गते दुबै मिर्गौला फेल भएपछि उहाँको निधन भएको पारिवारले जनाएको छ ।  घरमा ८ वटी छोरीहरु र एक जना छोरा संगै उहाँकी श्रीमतीको लालन पोषण गर्दै आउनुभएका खडकाको निधन भएपछि परिवारमा  आर्थिक समस्या भएको र उहाँको किरीया खर्चमा समेत समस्या भएको स्थानीय नारायण पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार उहाँको परिवारमा ८ वटी छोरीहरु मध्ये दुई वटी  छोरीहरुको बिबाह  भएको र बाँकी ६ वटी छोरीहरु र एक जना छोरा संगै उहाँकी श्रीमती निर्मला खडकाको परिवारमा अहिले किरीया खर्चको समेत समस्या भएकाले घाटबाटै किरीया खर्चका लागि आर्थिक संकलन अभियान चलाएको बताउनुभएको छ । घरको आर्थिक अबस्था कमजोर भएको र दिनभर मेलापात गरि परिवारको गुजारा चलाउदै आउनुभएको खडकाको निधन भएपछि घरमा बिचल्ली भएको उहाँले बताउनुभएको छ । 

११ बर्षिय छोरामा समेत समस्या :

        खडकाका ११ बर्षिय मनिष खडका बाबुको किरीया बसिराखेका छन । उनलाई घरको आर्थिक समस्या  र सानै उमेरमा बाबु गुमाउनु परो भने उनको पनि स्वास्थ्यमा समस्या रहेको छ । उनलाई सानै उमेरमा  शारीरिक  समस्या देखा परेको स्थानीयहरुले बताएका छन । उनको लिङग कहिले सुन्निने र फुल्दै जाने समस्या रहेको उनकी आमा निर्मला खडकाले जानकारी दिनुभयो । श्रीमान गुमाउनुको पीडा त छदै छ त्यस माथी छोराको यस्तो समस्या देखा परेको बताउदै उहाँले घरखर्च र छोराको उपचारमा समेत समस्या परेको बताउनुभयो । छोरा छोरी साना रहेको बताउदै दिनमा मेलापात गरी गुजारा चलाउने श्रीमान समेत गुमाउनु पर्दा अब कसको आस गर्ने भन्दै उहाँले दुखेसो पोख्नुभयो । उहाँले किरीया खर्च समेत स्थानीयहरुले चन्दा उठाएर उम्काउन थालेको भन्दै अब छोराको उपचारमा समस्या भएको र लालन पालनमा समेत समस्या भएको बताउनुभएको छ । 

किरीया खर्च ३५ हजार सहयोग :

            स्थानीय एबम नेकपाका  पदेश नं ५का  सदस्य  बुद्धि जिशीले किरीया खर्च समेत अभाब भएको थाहा पाएपछि   किरीया खर्चका लागि  ३५ हजार रुपैयाँ सहयोग  गर्नुभएको छ ।सेवा नै धर्महो भन्ने हिसाबले र आफु पनि स्थानीय भएका कारण किरीया खर्चका लागि आफुले ३५ हजार सहयोग गरेको उहाँले बताउनुभयो । उहाँले  ७ जना बालबच्चाको पढाईलाई पनि आफुले सक्दो सहयोग गर्ने भन्दै ११ बर्षिय मनिषको उपाचारमा पनि सहयोग गर्ने बताउनुभएको छ ।  अन्य त्याहाँका  स्थानीयहरुले १२ हजार रुपैयाँ संकलन गरेको भन्दै सहयोगका लागि स्थानीय नारायण पौडेसंग सम्पर्क गर्न  र उहाँको मोवाइल नम्बर ९८४७०४७५०२ मा सम्पर्क गर्न समेत आगञ्ह गरिएकौ छ । 



प्रकाशित : २५ फाल्गुन २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६