तम्घास २५ फागुन । घरमा १० जनाको परिवारलाई धान्दै आएका ४५ बर्षिय रामबहादुर खडकाको निधन भएपछि परिवारमा किरीया खर्चको समेत अभाब भएको छ । गुल्मीको मदाने गाउँपालिका वडा नं ७ भनभने नेटाखर्कका ४५ बर्षिय राम बहादुर खडकाको फागुन १५ गते दुबै मिर्गौला फेल भएपछि उहाँको निधन भएको पारिवारले जनाएको छ । घरमा ८ वटी छोरीहरु र एक जना छोरा संगै उहाँकी श्रीमतीको लालन पोषण गर्दै आउनुभएका खडकाको निधन भएपछि परिवारमा आर्थिक समस्या भएको र उहाँको किरीया खर्चमा समेत समस्या भएको स्थानीय नारायण पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार उहाँको परिवारमा ८ वटी छोरीहरु मध्ये दुई वटी छोरीहरुको बिबाह भएको र बाँकी ६ वटी छोरीहरु र एक जना छोरा संगै उहाँकी श्रीमती निर्मला खडकाको परिवारमा अहिले किरीया खर्चको समेत समस्या भएकाले घाटबाटै किरीया खर्चका लागि आर्थिक संकलन अभियान चलाएको बताउनुभएको छ । घरको आर्थिक अबस्था कमजोर भएको र दिनभर मेलापात गरि परिवारको गुजारा चलाउदै आउनुभएको खडकाको निधन भएपछि घरमा बिचल्ली भएको उहाँले बताउनुभएको छ ।
११ बर्षिय छोरामा समेत समस्या :
खडकाका ११ बर्षिय मनिष खडका बाबुको किरीया बसिराखेका छन । उनलाई घरको आर्थिक समस्या र सानै उमेरमा बाबु गुमाउनु परो भने उनको पनि स्वास्थ्यमा समस्या रहेको छ । उनलाई सानै उमेरमा शारीरिक समस्या देखा परेको स्थानीयहरुले बताएका छन । उनको लिङग कहिले सुन्निने र फुल्दै जाने समस्या रहेको उनकी आमा निर्मला खडकाले जानकारी दिनुभयो । श्रीमान गुमाउनुको पीडा त छदै छ त्यस माथी छोराको यस्तो समस्या देखा परेको बताउदै उहाँले घरखर्च र छोराको उपचारमा समेत समस्या परेको बताउनुभयो । छोरा छोरी साना रहेको बताउदै दिनमा मेलापात गरी गुजारा चलाउने श्रीमान समेत गुमाउनु पर्दा अब कसको आस गर्ने भन्दै उहाँले दुखेसो पोख्नुभयो । उहाँले किरीया खर्च समेत स्थानीयहरुले चन्दा उठाएर उम्काउन थालेको भन्दै अब छोराको उपचारमा समस्या भएको र लालन पालनमा समेत समस्या भएको बताउनुभएको छ ।
किरीया खर्च ३५ हजार सहयोग :
स्थानीय एबम नेकपाका पदेश नं ५का सदस्य बुद्धि जिशीले किरीया खर्च समेत अभाब भएको थाहा पाएपछि किरीया खर्चका लागि ३५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।सेवा नै धर्महो भन्ने हिसाबले र आफु पनि स्थानीय भएका कारण किरीया खर्चका लागि आफुले ३५ हजार सहयोग गरेको उहाँले बताउनुभयो । उहाँले ७ जना बालबच्चाको पढाईलाई पनि आफुले सक्दो सहयोग गर्ने भन्दै ११ बर्षिय मनिषको उपाचारमा पनि सहयोग गर्ने बताउनुभएको छ । अन्य त्याहाँका स्थानीयहरुले १२ हजार रुपैयाँ संकलन गरेको भन्दै सहयोगका लागि स्थानीय नारायण पौडेसंग सम्पर्क गर्न र उहाँको मोवाइल नम्बर ९८४७०४७५०२ मा सम्पर्क गर्न समेत आगञ्ह गरिएकौ छ ।
प्रतिक्रिया