समाचार

कोराना भाइरस बाट बच्न र बचाउन अपिल : नगर प्रमुख



कपिलवस्तु २५ फागुन । कपिलवस्तु नगरपालिका कार्यलय तौलिहवा ले महामारीको रुपमा विश्व भरी फैलदै गरेको कोरोना भाइरस बाट बच्न र बचाउन अपिल गरेको छ । कपिलवस्तु नगरपालिका कार्यलय तौलिहवामा गरिएको पत्रकार सम्मेलनमा कोरोना भाइसरको उच्च जोखिममा नेपाल परेको हुदा यसको भाइरस बाट बच्न सावधानी अपनाउन नगर प्रमुख किरण सिंहले आग्रह गरेका छन । फागु पुर्णिमा पर्वको अवसरमा व्यत्तिगत रुपमा घरपरिवारमा बसेर शुभकामना अदान प्रदान गरि मनाउने तथा भिडभाड गरी जमघट पुर्ण अवस्थामा होली नमाउन सिंह ले अनुरोध गरेका छन ।कोरोना भाइरसबाट बच्नका लागी सरसफाईमा ध्यान दिने, खोख्दा रुमालले मुख छोप्ने, माछा मासु तथा तरकारी राम्रो संग पकाएर खाने ,नियमित रुपमा सावुन पानीले हात धुने भीडभाडमा नजाने र प्रशस्त मात्रमा तातो पानी पिउन सिंहले नगरवासीमा अनुरोध गरेका छन । होलीको अवसरमा सम्पुर्ण नगरवासीहरु संग भेटेर होली खेल्न नपाए पनि यसै सम्मेलन बाट होली पर्वको सवै मा शुभकामना व्यक्त्त गरेका छन ।

प्रकाशित : २५ फाल्गुन २०७६, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६