समाचार

पहिलो पाईलाद्धारा विपन्नलाई राहत



बुटवल २६ फागुन । सधै परिवर्तनका लागी भन्ने मुल नारा लिएर सामाजिक कार्यमा सक्रिय संस्था पहिलो पाईला नेपाल बुटवल शाखाले एक विपन्न परिवारलाई राहत वितरण गरेको छ ।   नवलपरासी जिल्ला सुनवल नगरपालिका  ८ फुलवारी टोलका एक विपन्न परिवारलाई ११० औँ अन्तराष्ट्यि श्रमिक महिला दिवसको अवसर पारि राहत वितरण गरेको हो । उत्त परिवारमा अहिले ७ जना सदस्य रहेका छन । परिवारको मुख्य जिम्मेवारी एउटा बृद्ध आमाको काँधमा थियो ।  एउटा प्यारालाईसिसले थला परेको छोरा अनि उसका ५ जना सन्तानहरु अझ कारुणिक त ३५ दिनको काखे वालक जसको आमा प्रशुती अबस्थामा संसार छाडेर गएकी थिईन । जिम्मेवारी उनै आमाको काधमा थियो । सोही कारुणिक अबस्था देखेर  सानो प्रयासस्वरुप दैनिक उपभोग्य सामाग्री सहित लत्ताकपडा  हस्तान्तरण गरिएको छ । साथै अन्य कोही ईच्छुक ब्यक्ति तथा संघसंस्था भए सहयोगको निम्ती  पहिलो पाइला नेपालद्वारा अनुरोध गरेको  छ ।

प्रकाशित : २६ फाल्गुन २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६