बुटवल २६ फागुन । सधै परिवर्तनका लागी भन्ने मुल नारा लिएर सामाजिक कार्यमा सक्रिय संस्था पहिलो पाईला नेपाल बुटवल शाखाले एक विपन्न परिवारलाई राहत वितरण गरेको छ । नवलपरासी जिल्ला सुनवल नगरपालिका ८ फुलवारी टोलका एक विपन्न परिवारलाई ११० औँ अन्तराष्ट्यि श्रमिक महिला दिवसको अवसर पारि राहत वितरण गरेको हो । उत्त परिवारमा अहिले ७ जना सदस्य रहेका छन । परिवारको मुख्य जिम्मेवारी एउटा बृद्ध आमाको काँधमा थियो । एउटा प्यारालाईसिसले थला परेको छोरा अनि उसका ५ जना सन्तानहरु अझ कारुणिक त ३५ दिनको काखे वालक जसको आमा प्रशुती अबस्थामा संसार छाडेर गएकी थिईन । जिम्मेवारी उनै आमाको काधमा थियो । सोही कारुणिक अबस्था देखेर सानो प्रयासस्वरुप दैनिक उपभोग्य सामाग्री सहित लत्ताकपडा हस्तान्तरण गरिएको छ । साथै अन्य कोही ईच्छुक ब्यक्ति तथा संघसंस्था भए सहयोगको निम्ती पहिलो पाइला नेपालद्वारा अनुरोध गरेको छ ।
२६ फाल्गुन २०७६, सोमबार
प्रतिक्रिया