समाचार

माक्समा कालोबजारी, बजारमा अभाव



भैरहवा, २६ फागुन । मेडिकल र व्यापारी माफियाका कारण बजारमा माक्सको अभाव भएको भैरहवामा आयोजित एक कार्यक्रमका वक्ताहरुले दावी गरेका छन् । कान्दु बैश्य सेवा समिति रुपन्देहीको आयोजनामा सोमबार भैरहवामा भएको माक्स वितरण तथा कोरोना भाइरस सम्बन्धि जनचेतनामुलक कार्यक्रममा बोल्ने बक्ताहरुले बजारमा माक्सको अभाव हुनु कालो बजारीय तत्वका कारण भएको आरोप लगाए ।

        कार्यक्रमका प्रमुख अतिथि पूर्व सांसद इस्तियाक अहमद खानले कोरोना भाइरस नेपालमा नआएको हुनाले सतर्क भएर बस्नु पर्ने तर धेरै डराउन आवश्यक नभएको बताउनु भयो । तातो पानीको सेवन तथा भिडभाडमा सकभर नजाने गरेमा कोरोना बाट बच्न सकिने उनले बताउनु भयो । कान्दु बैश्य सेवा समिति प्रदेश नम्बर ५ का अध्यक्ष आनन्द प्रसाद गुप्ताले सबैलाई आतंकित बनाएको कोरोना भाइरसबाट बच्नका लागि स्थानिय सरकार नगरपालीकाले कुनै कार्यक्रम नल्याएकोमा दुखेसो पोख्नुभयो ।

        नेपाल सिएमए संघका केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्यायले मेडीकल माफिया र ब्यापारी माफियाका कारण बजारमा माक्सको अभाव भएको दावी गर्नुभयो । उपाध्यायले माक्सको प्रयोग बिरामी, डाक्टर र बिरामीको हेरचाह गर्ने ब्यक्तिलाई आवश्यक पर्ने तर कालो बजारीका कारण बजारमा अनावश्यकरुपमा माक्सको अभाव देखाई अत्यधिक मुल्य लिइएको बताउनु भयो । नेपालमा कोरोनाका रोगी हाल सम्म नदेखिएको बताउँदै उनले ज्वरो आएमा श्वास प्रश्वासमा समस्या आएमा नजिकैको स्वास्थ्य संस्थामा जान आग्रह गर्नुभयो ।

        मायादेवी च्यारीटेबल फाउण्डेशनका अध्यक्ष रबिकुमार रौनियारले रोग लागेको महसुस भएमा नजिकको स्वास्थ्य चौकीमा जान आग्रह गर्दै नेपालका प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण नेपालका डाक्टरले गरेर नेपाली डाक्टर सक्षम छन् भन्ने प्रमाणित भएको बताउनु भयो । उहाँले कोरोनाबाट नडराउन आग्रह गर्दै चैत १ गते देखि मसान्त सम्म १ महिना मायादेवी च्यारीटेबल फाउण्डेशनले निशुल्क स्वास्थ्य शिबिर राख्ने जानकारी दिनुभयो । कान्दु बैश्य सेवा समिति रुपन्देहीका अध्यक्ष श्रीराम गुप्ताले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै कोरोना भाइरसबाट बच्नका लागि ५ सय थान माक्स बजारमा निशुल्क वितरण गरिएको जानकारी दिनुभयो । उनले नजिकिएको होली पर्वमा धेरै रङको प्रयोग नगर्न र पानीमा नभिज्न अनुरोध गर्नुभयो । नेपाल रेडक्रस सोसाइटी जिल्ला उपाध्यक्ष दिपक क्षेत्री न्यौपाने, हिमचुली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बसन्तकुमार लाल कर्ण लगायतले बोल्दै बिश्वलाई आतंकित बनाएको कोरोना भाइरसबाट नेपाल उच्च जोखिममा भएको भन्दै सर्तकता अपनाउने बताएका थिए । 

प्रकाशित : २६ फाल्गुन २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६