ब्रेकिंग न्युज

कपिलवस्तुका युवाको भारतमा हत्या,पोष्टमार्टम नगरि शव नेपाल पठाइयो, अनुसन्धान भएन



कपिलवस्तु २८ , फागुन । भारतको सिद्र्धाथनगर महादेवामा कपिलवस्तुका एक युवाको कुटपिट गरि हत्या गरिएको छ । फागुन २० गते साझ ६ बजे यशोधरा गाउँपालिका २ का २० बर्षिय शशांक पाण्डेयको उत्तरप्रदेश सिद्र्धाथनगर जिल्ला बजाँहा देखि ३ किमी दक्षिण महादेवा मिश्र भन्ने गाउँमा कुटेर हत्या गरिएको मृतकका दाजु अभिषेक पाण्डेयले बताउनुभएको छ । सामान्य सडक दुर्घटनाको विषयलाई लिएर महादेवा मिश्रा गाउँका रामधनी नाई, पटेश्वरी नाई लगायतका दर्जनौ व्यक्तिले शशांक लाई आक्रमण गरि गम्भीर घाइते बनाएका थिए । उनको नेपाली नम्बर प्लेटको लु ५६ प ७७७७ नम्बरको मोटरसाइकल समेत तोडफोड गरियो । घाइते बनाएपछि शशांकको भिडियो समेत गाउँलेले खिचेका थिए । सडकबाट अन्यत्र जान लागेका केहि व्यक्तिले घटना बारे भारतीय प्रहरीलाई जानकारी गराएपछि आएको प्रहरीले उनलाई बर्डपुर स्थित सरकारी अस्पताल लगेका थिए । त्यहा बाट उनलाई सिद्र्धाथनगर अस्पताल रिफर गरियो र उनको त्यहा मृत्यु भएको थियो ।
 मृत्यु पछि भारतीय प्रहरीले घटनालाई लुकाउने र प्रमाण नष्ट गर्ने तर्फ लागेको पिडित परिवारको आरोप छ । घटनाको अनुसन्धान गर्नुको साटो प्रहरीले सडक र्दुघटनामा घाइते भएको र सोहि क्रममा उपचार गर्दा मृत्यु भएको भन्दै परिवारलाई नेपालबाट बोलाएर शव जिम्मा लगाएको थियो । र्दुघटना वा हत्या जे भएपनि शवको पोष्टमार्टम गर्नुपर्ने र घटना स्थलको मुचुल्का गर्ने प्रक्रिया पुरा नगरि परिवालाई शव बुझाइनु भारतीय सीमा स्थित अलिगढवा थानाका प्रहरीको गम्भीर लापरवाही भएको परिवारले आरोप लगाएको छ । शोकमा रहेका परिवारले घटनाको वास्तविकता थाहा नपाई शव नेपाल ल्याई दाहसंस्कार गरेपछि मात्र वास्तविकता थाहा पाएका थिए । लगत्तै उनीहरुले २२ गते भारतीय प्रहरी थाना अलिगढवा तथा सिद्र्धाथनगर एसपी कार्यालयलमा जाहेर दर्ता गराएका छन् ।                         
हाल आएर भारतीय प्रहरीले घटना दुर्घटना वा हत्या भएको बारे पत्ता लगाउन पोष्टमार्टम गर्नुपर्ने तथा घटना मुचुल्का नभएको भन्दै आलटाल गरिरहेको मृतकका बाबु जय प्रकाश पाण्डेयले बताउनुभयो । निष्पक्ष छानबिन गरि आरोपीहरुलाई भारतीय कानून अनुसारको कारवाही गर्नका लागि पहल गरिदिन मृतकका परिवारले दुबै देशका संचारकर्मी, मानवअधिकारकर्मी तथा प्रहरी संग आग्रह गरेका छन् । मृतकका बाबु जयप्रकाश पाण्डेले इन्डो नेपाल सीमा सुरक्षा बैठक तथा नेपाल प्रहरी मार्फत घटनालाई गम्भीरताका साथ हेरिदिनका लागि आवश्यक पहल गर्न आग्रह गर्नुभयो । घटनाका क्रममा लिइएका भिडियो, तस्वीर तथा स्थानीय गाउँको बयान र अनुसन्धान गरे सत्य तथ्य पत्ता लाग्ने भन्दै न्यायका लागि आग्रह गर्नुभयो ।
घटना बारे भारतीय प्रहरीले मुद्धा (एफआइआर) समेत दर्ता गरेको छैन । अलिगढवा थाना इन्चार्ज विनोद कुमार रावले याचिका (निवेदन) दर्ता भएको तथा मुद्धाका लागि प्रयाप्त प्रमाण नभएको हुदा एफआइआर दर्ता नगरिएको बताउनुभयो । “म भर्खरै थाना इन्चार्ज भएर आएको छु, अनुसन्धान हुदैछ,” उहाले भन्नुभयो । नेपाली युवाको हत्या बारे कपिलवस्तु प्रहरीले आवश्यक पहल गरेको जनाएको छ । सिद्र्धाथनगर जिल्ला एसपी विजय दुल संग घटना बारे जानकारी गराएर आवश्यक छानबिन तथा घटनालाई गम्भीरताका साथ हेरिदिनका लागि अनुरोध गरेको प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले जानकारी गराउनुभयो ।



यसरी भएको थियो हत्या : 
मृतक शशांकका दाजु अभिषेकका अनुसार भारतको उस्कामा कक्षा १२ मा अध्ययन गर्दै आएका आफ्ना भाई शशांक परिक्षा दिएर नौगढ बाट नेपाली नम्बरको लु ५६ प ७७७७ नम्बरको मोटरसाइकलबाट घर (कपिलवस्तु) फर्कदै थिए । सोहि क्रममा महादेवा गाउँका २ बालकहरु सडक पार गर्ने क्रममा मोटरसाइकल संग ठोक्किन पुगे र सामान्य घाइते भए । शशांकले घाइतेलाई उद्धार गर्दै गर्दा गाउँका व्यक्तिहरुले घेरा हाले । लगत्तै सामान्य घाइते बनेका दुई बालकका आफन्त रामधनी नाई, पटेश्वरी नाई तथा उनका आफन्तहरुले बाँसको भाटा, लौरो र ईट्टाले प्रहार गरि गम्भीर घाइते बनाए । “आफ्ना छोराहरुलाई मोटरसाइकलले ठक्कर दिएको आक्रोशमा उनीहरुले मेरो भाइको हत्या गरे” दाजु अभिषेकले भन्नुभयो ।


प्रकाशित : २७ फाल्गुन २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६