समाचार

सुति रहेकी महिलालाई मध्यरातमा हवल्दारले गरे बलात्कार प्रयास ,स्थानीयद्धारा चौकी घेराउ



कपिलबस्तु २८ फागुन नागरिकको जीउधनको सुरक्षाकालागि बर्दि सहित रात्री डयुटीमा खटिएका प्रहरी हवल्दारले कपिलवस्तुमा एक बेसहारा मगन्ते महिलामाथि  गिद्धेदृष्टि लगाउदै वलात्कार गर्न खोजेको रहस्य सावजनिक भएको छ । भारतको उत्तर प्रदेश बलरामपुर जिल्ला थाना तुल्सीपुर  घरभई हाल कपिलबस्तु जिल्ला शुुधोद्धन गाँउपालिका १ लबनीमा बस्दै आएकी एक महिला माथी बलत्कारको प्रयास भएको छ ।

        प्रहरी चौकी लबनीका हवलदार हेतमन्त बहादुर कुमालद्धारा राती १२ बजे सुति रहेकी महिला माथी बलत्कारका प्रयास भएको हो । भारतबाट २ महिना अघि नेपालमा आई मगन्तेको काम गरि आएकी सुमन पाण्डेंय (नाम परिवर्तन) माथी प्रहरीले बलत्कारका प्रयास गरेपछि प्रहरी चौकी लबनीलाई स्थानियले घेराउ गरेका थिए । स्थानियले थाहा पाई दोषी माथी कार्रवाहीको माग गर्दै प्रहरी चौकी लबनी घेराउ गरेको स्थानिय प्रमोद गुप्ताले  वताउनु भयो । लबनी गाँउको दक्षिण बगैचामा राती १२ बजे तिर सुमन पाण्डेंय सुति रहेको खाट निर पुगी झुल हटाई हाथ समाती छुन खोज्दा पाण्डेंयले हल्ला गरेको संचारकर्मि समक्ष वताएकी छन् । बगैचामा सुति रहेका अरु मगन्तेले प्रतिकार गर्दा हवल्दारले कुटपिट समेत गरेको वताईएको छ । दोषीलाई कडा कार्रवाहीको माग गर्दै र पिडीतलाई न्यायकोलागी स्थानीयले माग गरेका छन । अरोपी हवल्दार माथी ऐन नियम अनुसार कार्यवाही गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक शुनिल मल्लले वताउनु भयो । भारतमा  मगन्ते  पेशा अपनाउने मानिस ठूलो संख्यामा रहेका छन् । 

प्रकाशित : २७ फाल्गुन २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६