समाचार

सामूहिक बलात्कार घटनाका आरोपितलाई पक्राउ गरी सार्वजनिक



२८ फागुन । जिल्ला प्रहरी कार्यालय महोत्तरीले दुई साता पहिलेको सामूहिक बलात्कार घटनाका आरोपितलाई पक्राउ गरी सार्वजनिक गरेको छ । मिथिला माध्यमिकी परिक्रमा जिल्ला सदरमुकाम जलेश्वर पुगेको दिन फागुन १५ गते राति परिक्रमा मेला हेर्न पुगेका दुई किशोरीलाई जबर्जस्ती बलात्कार गर्ने सातको समूहमध्ये चारलाई पक्राउ गरी प्रहरीले मङ्गलबार सार्वजनिक गरेको हो । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा जलेश्वर नगरपालिका–६ का २६ वर्षीय खुशनुर अन्सारी, २४ वर्षीय राजु ठाकुर, ३४ वर्षीय सन्तोष ठाकुर र २५ वर्षीय कुमार प्रभातलाई पक्राउपछि जिल्ला प्रहरी कार्यालय महोत्तरी परिसरमै सार्वजनिक गरेको हो । परिक्रमाको पाँचौँ दिन जलेश्वरमा परिक्रमा मेला हेर्न पुगेका जलेश्वर–६ कै १६ र १७ वर्षीया दुई युवतीलाई समातेर मुख थुन्दै एकान्तस्थलमा पु¥याएर सातले सामूहिक बलात्कार गरेका थिए । घटनामा संलग्न तीन अझै फरार रहेका र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो । घटनापछि जलेश्वर अस्पताल पु¥याइएका दुवै किशोरी उपचारले सामान्य भएका प्रहरीले जनाएको छ । पक्राउ परेका चारैलाई महोत्तरी जिल्ला अदालतमा उपस्थित गराई थप अनुसन्धान बढाइएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित : २८ फाल्गुन २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६