समाचार

कोरीयन कम्पनीका गुल्मेली कामदार प्रादेशीक अस्पत्तालको आइसोलेशनमा ,कोरोनाको लक्षण मिल्यो भर्ना ग¥यौं : मेसु खनाल



रुपन्देही ३० फागुन । बुटवलमा कोरोनाको आशंकामा एक युवक लुम्विनी प्रादेशिक अस्पतालमा भर्ना भएका छन । उनलाई कोरोना भएको हो होइन अहिले नै भन्न नसकिने भएकोले आम समुदायलाई नआत्तिन चिकित्सकहरुले सुझाव दिएका छन । 

         भाइरस संक्रमणको आशंकामा विहिवार एकजनालाई अस्पतालमा भर्ना गरिएको अस्पतालले पुष्टी गरेको छ । विरामीलाई अस्पताल भर्ना गर्दैमा कोरोना संक्रमण भएको भन्न नमिल्ने भन्दै ती युवकलाई आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको अस्पतालका मेसु डाक्टर राजेन्द्र खनालले  बताउनु भयो । उहाँका अनुसार अस्पताल भर्ना भएका ती युवामा कोरोना भाईरसको संक्रमणका कारण देखिने लक्षणहरु देखिएका छन् । 

        उनको नमूना परिक्षणका लागि शुक्रवार काठमाण्डौं पठाईने अस्पतालले जनाएको छ । उनलाई बिहीबार मात्रै अस्पतालमा भर्ना गरिएको हो । बिरामी तामनगर स्थित एक कोरियन कम्पनीमा कार्यरत गुल्मेली रहेको अस्पताल स्रोतले जनाएको छ , यद्यपी नाम भने खुलाइएको छैन ।  लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना संक्रमण भएका बिरामीलाई उपचारका लागि राख्न दुईवटा आइसोलेशन वार्ड तयारी अवस्थामा राखिएको छ । 

प्रकाशित : २९ फाल्गुन २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६