एजेन्सी, ३० फागुन । कोरोना भाइरसकाबाट भारतमा १ जनाको मृत्यु भएको छ भने १ सय ७८ देशमा भाइरस देखा परेको छ । भारतको कर्नाटक कालबुर्गीमा भाइरसबाट ७६ वर्षीय एक वृद्ध व्यक्तिको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन् । ती वृद्ध साउदी अरबबाट हालै भारत फर्किका थिए ।
उनी उपचारका लागि तेलंगानाको एउटा निजी अस्पतालमा गएको र यसबारे तेलंगाना सरकारलाई पनि सूचित गरिएको विभागले जनाएको छ। भारतको केन्द्रीय सरकारले जारी गरेको विज्ञप्ति अनुसार साउदी अरबबाट फर्केपछि उनलाई सास फेर्न समस्या हुनुका साथै खोकी र निमोनिया लागेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
प्रतिक्रिया