अन्तर्राष्ट्रिय

२ हजार नेपाली कतारमा क्वारेन्टाइनमा



एजेन्सी, ३ चैत । कतारले विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमणलाई फैलिन नदिन जोखिम क्षेत्रमा परका चार  वटा कम्पनीमा कार्यरत झन्डै चार हजार कामदारलाई क्वारन्टाइनमा राखेको छ । ती कम्पनीम करिब दुई हजार नेपाली कामदार रहेको बताइएके छ ।  कतारमा कार्यरत कामदारको मुख्य बसोबास स्थल औद्योगिक क्षेत्र सनैयामा रहेका क्याम्पलाई क्वारेन्टाइन बनाइएको हो । कामदारहरुलाई बिहीबारदेखि बाहिर निस्कन दिइएको छैन । 

        क्वारन्टाइनमा  रहेका नेपालीले आफूहरूको स्वास्थ्य सुरक्षाका लागि नै क्वारन्टाइनमा राखिएको जनाएका छन् । आठवटा बिल्डिङमा फरकफरक कम्पनीमा काम गर्ने नेपाली छन् । क्वारेन्टाइनमा बस्नेमा कोठाभाडामा लिई बसेका नेपालीहरू पनि रहेको समाचारहरु सार्वजनिक भएका छन् । यसमा धेरैजसो सेल्सम्यानको काम गर्नेहरू छन्। बाहिर गेटमा कतारी सुरक्षाकर्मीले पहरा दिइरहेका छन्। गेटबाट बाहिर निस्कन दिइएको छैन । 

प्रकाशित : ३ चैत्र २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६