कपिलवस्तु ४ चैत । कपिलवस्तुको महाराजगंज नगरपालिकाका ६ जना कर्मचारी पुरस्कार सहित सम्मानीत हुने भएको छन । महाराजगंज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेललको अध्यक्षतामा बसेको बैठकले उकृष्ट कार्य सम्पादन गरेकोले कर्मचारीहरुलाई छनोट गरिएको छ । महाराजगंज नगरपालिकाको कर्मचारीहरुको नियमित समिक्षा बैठकमा कर्मचारीहरु खुशी भए नगर समृद्ध बनाउन सकिने ध्यायले कर्मचारी छनोट गरीएको महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले जानकारी दिनुभयो । नगर प्रमुख कलामले भन्नुभयो कर्मचारीले राम्रो कार्य सम्पादन गरे नगर विकासले गति लिने बताउनु भयो । कामको आधारमा उत्कृष्ट कर्मचारी छनोट गरिएको महाराजगंज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलले जानकारी दिनु भयो ।
समिक्षा बैठकबाट छनोट भएका ६ जना कर्मचारीलाई आगमी बैठकम पुरस्कार सहित सम्मानीत गरिने अधिकृत खरेलले बताउनु भयो । फागुन महिनामा गरेको कामको सम्पादन अनुसार पुरस्कृत गर्ने बताइएको छ । पुरस्कृत तथा सम्मानीत हुनेमा नगरपालिका कार्यालय तर्फ राम कृष्ण शुक्ल, वडा कार्यालयको तर्फबाट वडा सचिव सुगी्रव मणी पाठक, स्वास्थ तर्फ पिताम्बर प्रसाद यादव, पदमा कुमारी राना, प्राविधिक तर्फ विष्णु न्यौपाने, सहयोगी तर्फबाट दल बहादुर घर्ती रहेका छन । उक्त समिक्षा बैठकमा महाराजगंजन नगरपलिका सम्पुर्ण विषयगत शाखाका प्रमुखहरु, नगरपालिका सबै कर्मचारी, वडा सचिवहरु कार्यालय सहयोगीहरुको सहभागीतामा सम्पन्न भएको हो ।
प्रतिक्रिया