समाचार

शिवभारीमा आयो भारतीय दुतावास : नगरका छ कर्मचारीलाई पुरस्कार



कपिलवस्तु ५ चैत । कपिलवस्तुको महाराजगंज नगरपालिका ९ मा रहेको शिवभारी माध्यमिक विद्यालयको भवनको सम्झौता भएको छ । महाराजगंज नगरपालिको शिक्षा गुणस्तरमा सुधार र शैक्षिक भवनको अभाव भएको अवस्थामा भवनको सम्झौता भएको हो ।भारतीय दुतावासको आर्थिक सहयोगमा चार करोड ३२ लाख बराबरको भवन निर्माणको सोमबार सम्झौता गरिएको हो । उक्त सम्झौता काठमाण्डौमा भएको हो ।  भारतीय दुतावासको तर्फबाट शिक्षा हेर्ने आधिकारी  र महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले सम्झौता पत्रमा हस्तक्षर गर्नु भएको हो  ।

            भारतीय दुतावासले गत आर्थिक बर्षमा भवन निर्माणको लागि रकम विनियोजीत गरेको थियो सोही अनुसार भवन निर्माणको लागि सम्झौता गरिएको महाराजगंज नगरपालिका नगर प्रमुख अब्दुल कलामले जानकारी दिनुभयो ।  उहाले भन्नुभयो हामीले धेरै नै प्रयास गर्यौ अनी मात्र भवन सम्झौता भयो । भवन निर्माणपछी महाराजगंज नगरपालिकाका शिवभारी मा.वि का विद्यार्थीहरुलाई धैरे नै राहत हुने विद्यालयका प्राधानाध्यपक सुरेन्द्रमणी  चौधरीले जानकारी दिनुभयो ।

         विद्यलयको भवन आभाव भएकोले पठनपाठनमा धेरै नै कठिनाई हुदै आएको थियो अब हामीलाई राहत हुने प्रअ चौधरीले बताउनु भयो ।विद्यालयको भवन बन्ने भएपछी महाराजगंजवासी खुसी भएका छन । शिक्षामा निकै पछि परेको यस क्षेत्रलाई भवन निर्माणको सम्झौता हुने गौरवको कुरा भएको स्थानियले बताएका छन ।यता कपिलवस्तुको महाराजगंज नगरपालिकाका ६ जना कर्मचारी पुरस्कार सहित सम्मानीत हुने भएको छन । महाराजगंज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकले उत्कृष्ट कार्य सम्पादन गरेकोले कर्मचारीहरुलाई छनोट गरिएको छ ।

        महाराजगंज नगरपालिकाको कर्मचारीहरुको नियमित समिक्षा बैठकमा कर्मचारीहरु खुशी भए नगर समृद्ध बनाउन सकिने ध्यायले कर्मचारी छनोट गरीएको महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले जानकारी दिनुभयो । नगर प्रमुख कलामले भन्नुभयो कर्मचारीले राम्रो कार्य सम्पादन गरे नगर विकासले गति लिने बताउनु भयो । 

    कामको आधारमा उत्कृष्ट कर्मचारी छनोट गरिएको महाराजगंज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलले जानकारी दिनु भयो । समिक्षा बैठकबाट छनोट भएका ६ जना कर्मचारीलाई आगमी बैठकम पुरस्कार सहित सम्मानीत गरिने अधिकृत खरेलले बताउनु भयो । फागुन महिनामा गरेको कामको सम्पादन अनुसार पुरस्कृत गर्ने बताइएको छ । पुरस्कृत तथा सम्मानीत हुनेमा नगरपालिका कार्यालय तर्फ राम कृष्ण शुक्ल, वडा कार्यालयको तर्फबाट वडा सचिव सुग्रीव मणी पाठक, स्वास्थ तर्फ पिताम्बर प्रसाद यादव, पदमा कुमारी राना, प्राविधिक तर्फ विष्णु न्यौपाने, सहयोगी तर्फबाट दल बहादुर घर्ती रहेका छन । 

    उक्त समिक्षा बैठकमा महाराजगंजन नगरपलिका सम्पुर्ण विषयगत शाखाका प्रमुखहरु, नगरपालिका सबै कर्मचारी, वडा सचिवहरु कार्यालय सहयोगीहरुको सहभागीतामा सम्पन्न भएको हो । 

प्रकाशित : ५ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६