अन्तर्राष्ट्रिय

कोरोनाभाइरसबाट एशियामा भन्दा युरोपमा बढीको मृत्यु



पेरिस, ५ चैत । कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या बुधबार एशियामा भन्दा युरोपमा बढी पुगेको एएफपीलाई प्राप्त आधिकारिक तथ्याङ्कमा देखिएको छ । ग्रीनविच समयअनुसार बुधबार बिहान ११ बजेसम्मको तथ्याङ्कमा युरोपका बढी प्रभावित मुलुकहरू इटाली, स्पेनलगायतका मुलुकमा तीन हजार ४२२ जनाको मृत्यु भएको जनाइएको छ भने एशियामा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या तीन हजार ३८४ रहेको छ । प्राप्त तथ्याङ्कअनुसार बुधबार बिहानसम्म विश्वभर यस भाइरसको सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या एक लाख ९४ हजार पुगेको छ भने आठ हजार ९२ जनाको मृत्यु भएको छ ।

भाइरसका कारण सबैभन्दा बढी व्यक्तिको मृत्यु चीनमा भएको छ भने त्यसपछि युरोपेली मुलुक इटालीमा भएको छ । चीनमा बुधबारसम्ममा मृत्यु हुनेको सङ्ख्या तीन हजार २३७ पुगेको छ । इटालीमा दुई हजार ५०३ जनाको मृत्यु भएको छ भने अर्को बढी प्रभावित युरोपेली मुलुक स्पेनमा ५९८ व्यक्तिको भाइरस सङ्क्रमणपछि मृत्यु भएको छ । 

जोन हपकिन्ज विश्वविद्यालयको अनुसन्धान केन्द्रको तथ्याङ्कअनुसार विश्वभर बुधबारसम्म दुई लाख एक हजार ४३६ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । चीनबाहिर उक्त भाइरस सङ्क्रमितको सङ्ख्या एक लाख २० हजार ३३४ पुगेको छ भने चीनमा ८० हजार ८९४ जनामा सङ्क्रमण पुष्टि भएको छ । चीनपछि बढी सङ्क्रमित सङ्ख्या इटालीमा ३१ हजार ५०६ जना रहेको छ भने इरानमा १६ हजार १६९ पुगेको छ । इरानमा ९८८ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ । (रासस/एएफपी) 

प्रकाशित : ५ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६