समाचार

यु पि मा २१ जनालाई कोरना भारत मै तेस्रो, खुला सिमाका कारण नेपालमा खतरा वढ्यो



कपिलवस्तु,६ चैत । भारत संग संगै नेपाल संग सिमा जोडिएको उत्तरप्रदेशमा पनी कोरना आतंक मच्चिएको छ । नेपाल संग सिमा जोडिएको उत्तर प्रदेशमा २१ विमारी फेला परेका छन । जुन भारतमा कोरना फैलिने राज्य मध्ये तेस्रो नम्वरमा परेको छ । उत्तर प्रदेशमा कोरना फैलिए पछी नेपाल भित्र छिर्न सक्ने संभावना समेत वढेको छ । नेपाल भारत खुला सिमा भएको र वैवाहिक सम्वन्ध तथा आवत जावत चल्ने हुदा सिमा पारी जादा सर्तक हुनु पर्ने देखिएको छ ।                
भारतीय स्वास्थ्य मंत्रालयको वेभसाईट अनुसार भारत गरी १४८ कोरेना संक्रमण विमारी फेला परेका छन । जस मध्ये १४ जना निको भई डिस्चार्ज भएका छन । भारतमा मर्नेको संख्या ३ पुगेको छ । उत्तरप्रदेशमा ५ जना निको भई घर फर्किएका छन । १५ जना स्थानिय र १ जना वाहिर वाट आएका व्याक्तीलाई कोरनाको संक्रमण भएको मंन्त्रालयले जनाएको छ । भारतमा सवै भन्दा वढी संक्रमण माहाराष्ट्रमा रहेको छ । महाराष्ट्रमा ३९ संक्रमित फेला परेको छ । यसै गरी केरलामा २५ जना संक्रमित फेला परेका छन । विहारमा भने संक्रमित फेला परेको छैनन ।


दक्षिण एसीयामा सवै भन्दा वढी संक्रमित पाकिस्तानमा रहेका छन । पाकिस्तानमा २४१ जना संक्रमित रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपाल संग सिमा जोडिएका र नजिक रहेका सवै देशमा कोरनाले आतंक मच्चाएको छ । छिमेकी चिनमा ८११५१ जना , वंगलादेश १० जना, संकृमीत रहेका छन । समाचार तयार पार्दा सम्म १ लाख ९४ हजार २९ संक्रमित फेला परेका छन । मृत्यु हुनेको संख्या ७८६४ पुगेको छ । कुल १६४ देश कोरनाको संक्रमणमा परेको विश्व स्वास्थ्य संगठनको वेभ साईटमा उल्लेख भएको छ ।

प्रकाशित : ५ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६