ब्रेकिंग न्युज

गाउँपालिका अध्यक्षमाथि कुटपिट



चैत ६ ।। रासस ।। जुम्लाको सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावल माथि सोही गाउँपालिका–२ का ६० वर्षीय  देवीकृष्ण शर्माले कुटपिट गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र चन्दका अनुसार आफ्नै कार्यकक्षमा फोन गरिरहेको अवस्थामा अध्यक्ष रावलमाथि शर्माले लठ्ठी  प्रहार गरी हालै कुटपिट गर्नुभएको हो ।

             कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचारपछि अध्यक्ष रावल घर फर्किनुभएको छ । “ कार्यकक्षमा फोनमा कुराकानी गरिरहेको थिए । एक्कासी शर्मा प्रवेश गरेर लठ्ठीले प्रहार गर्नुभयो । अहिले सामान्य उपचारपछि घर फर्किसकेँ । ” उहाँले भन्नुभयो । 

            प्रमुख जिल्ला अधिकारी दुर्गा वञ्जाडेले शर्मालाई पक्राउ गरिएको जानकारी दिनुभयो । शर्माले संरक्षण गरिरहेको गिट्टी बालुवा अध्यक्ष सहितको समूहले लिइरहेको सुनेपछि सामान्य कुराकानी मात्र भएको बताउनुभयो । उहाँले “मैले अध्यक्षमाथि लठ्ठी प्रहार गरेकै छैन ।   ” शर्माले भन्नुभयो । त्यहाका २ नदी हिमा र तिलाको गिट्टी बालुवा उत्खननका विषयमा चासो बढेको छ । जिल्ला समन्वय समितिले अनुगमन गरिरहे पनि जथाभावी नदीजन्य वस्तु  उत्खनन नरोकिएको र समस्या बढ्दै गएको छ । 

प्रकाशित : ६ चैत्र २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६