मोरङ, ३० चैतः विराटनगरमा जारी पाँचौँ इक्वालिटी कप क्रिकेटको उपाधि विराटनगर हबले जितेको छ । नेपाल क्रिकेट फाउण्डेसनद्वारा विराटनगरमा आयोजित प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा विराटनगर हबले राजविराज हबलाई ११ रनले पराजित गर्दै उपाधि जितेको हो । टस हारेर ब्याटिङ गरेकोे विराटनगरले निर्धारित २० ओभरको खेलमा १८ दशमलव पाँच ओधरमा सबै विकेटको क्षतिमा ९७ रन बनाएको थियो । राजविराजले ९८ रनको लक्ष्य पाएकामा छ विकेटको क्षतिमा ८६ रन बनाएको थियो । प्रतियोगितामा ‘प्लेयर अफ द सिरिज’ र उत्कष्ट ब्याटर राजविराजकी साक्षी यादव घोषित भइन् । त्यस्तै उत्कृष्ट बलरमा विराटनगरकी सुभेक्षा लिम्बु घोषित भएकी छिन् । यही चैत २७ गतदेखि सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका विराटनगर हब तथा पथरी, इटहरी, धनकुटा र उदयपुरबाट संयुक्त टोलीसहित आयोजक एनसिएफ–११ र मधेश प्रदेशका राजविराज तथा सिरहाका दुई टोली सहभागी भएका थिए । कोशी क्रिकेट सङ्घका अध्यक्ष सर्वजीतराज पाण्डे, सङ्घका पूर्वकेन्द्रीय सदस्य जीना श्रेष्ठ र फाउण्डेशनका अध्यक्ष अभिशेक श्रेष्ठले विजेता एवं उपविजेता टोलीलाई ट्रफी र पुरस्कार वितरण गर्नुभयो ।
१ बैशाख २०८३, मंगलबार








प्रतिक्रिया