समाचार

घाईते चराको उद्धार



कपिलवस्तु ६ चैत्र । नेपाल युवा परिषद जिल्ला शाखा कपिलवस्तुको अगुवाईमा  घाइते  भुडिफोर प्रजातिको चरालाई संरक्षणका लागी पहल गरिएको छ। करिब तिन महिना अघि रुखबाट खसेर घाईते अवस्थामा रहेको सारसलाई  जिल्लाको कपिलवस्तु नगरपालिका वर्डा न ६ बर्मेली टोलका  स्थानिय थम्मन बहादुर सुनारले हेरचाह गर्दै आउनुभएको थियो । सामान्य मजदुरी गरेर परिवार पालिरहेका सुनारले सारस आफु सगं सुरक्षित नभएको भन्दै नेपाल युवा परिषद जिल्ला शाखालाई खवर गर्नुभयो। परिषदका अध्यक्ष सुनिता बेल्वासे ,उपाध्यक्ष सुभद्र पोख्रेल,महासचिव बिनोद घिमिरे,सचिव संगिता भुषाल ,कोषाध्यक्ष प्रविन गौतम ,सदस्य लक्ष्मण सापबोटा सहितको टोलीले रुपन्देहीको बनबाटिका सामुदायिक वन सङ सहकार्य  गरि  उक्त घाईते सारसलाई संरक्षणका लागी हस्तान्तरण गरिएको छ। चराको उपचार गर्ने र सम्भव नभए काठमाडौ पठाउने तयारी भैरहेको बनबाटिका सामुदायिक वन समितिले जानकारी दिएको छ।


प्रकाशित : ६ चैत्र २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६