प्रदेश

मेयर शाहको नेकपा प्रबेशमा ब्रेक कि आइस ब्रेक ?



कपिलवस्तु ६ चैत्र कपिलवस्तुको कृष्णनगर नगरपालिकावाट स्वतन्त्र रुपमा निर्वाचित मेयर रजत प्रताप शाह बीहिवार नेकपामा प्रबेश गरेको समाचार कतिपय संचार माध्यमले लेखेकाछन् । त्यो समाचारसंगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र नेता मातृका यादवका साथमा उभिएका मेयर शाहको फोटो समेत छापिएको छ । तर वास्तवमा मेयर शाह नेकपा प्रबेश गरेका हुन वा होइनन् ? कहाँ कसरी प्रबेश गरेका हुन ? भरपर्दा जानकारी दिइएकोछैन ।  नेकपामा प्रबेश  गरे भनिएका मेयरको प्रतिकृया कुनैपनि संचार माध्यममा छैन ।

    त्यसै समाचारका आधारमा मेयरलाई वधाई दिनेहरुको ठूलै जमात देखा परेको छ भने मेयर प्रबेश गरेका हुन र ? भनेर कतिपयले प्रश्न पनि उठाएका छन् । वास्तविकता केहि फरक रहेको समाचार प्रेसपाटीले प्राप्त गरेकोछ । मेयर शाह नेकपामा प्रबेश गर्ने भनेर पछिल्ला २/३ दिन यता कामाण्डौमा छन् ।मेयर शाहले प्रेसपाटीलाई  अनौपचारीक प्रबेश भएको मान्नु पर्ने तर औपचारीक प्रबेश हुने काम वाकी रहेको वताए । 

            उनी नेकपामा प्रबेश गर्दा साथ दिन कृष्णनगर क्षेत्रवाट २ वस उनका शुभचिन्तक पनि काममाण्डौ पुगेका थिए । तर नेकपाको सचिवालय बैठकले निर्णय नै गरेर २५ जना भन्दा धेरै जम्मा हुने कार्यक्रम नगर्ने निर्णय गरयो । सरकारले त २५ जनाभन्दा बढी संख्यामा भेला हुने कार्यमाथि नै रोक लगाउने निर्णय लिएको छ । मेयर शाह सिमित ब्यक्तिहरुको उपस्थिती बीच प्रचण्डका हातवाट टिका लगाएर भएपनि प्रबेश गर्ने मानसिकतामा थिए तर उनका समर्थकले दलवल देखाउनु पर्ने माग गरे । राजधानीम बस्ने कृष्णनगर क्षेत्रका केहि ब्यक्ति समेत समारोहमा उपस्थित हुन खोजे ।

            यता नेकपाको २५ जना भित्र मात्र उपस्थित हुनुपर्ने निर्णय उता समर्थकको दवाव बीच मेयर शाह दोधारमा परे । कसरी प्रबेश गर्ने यतिबेला गर्नेकी फेरी गर्ने ? उनले प्रचण्डसंग  आफ्नो समस्या राखे । उनले भने  म नैतिक रुपमा र मानसिक रुपमा नेकपा भैसकें तर मेरा शुभचिन्तकहरुले केहि ठूलो मासमा प्रबेश गर्ने इच्छा राखे म के गरौं । प्रचण्डले केहिदिन पर्खेर अलि फरक ब्यवस्थापनकासाथ तपाईलाई प्रबेश गराउला हतार गर्नु परेन भन्ने जवाफ दिए । त्यसपछि मेयर शाहले प्रचण्ड र मातृकाका साथ  फोटो खिचाए ।नेकपाको टिका अन्तर आत्मामा लगाएको प्रण गरे तर निधारमा टिका पछि लगाउने गरी फर्किए । 

         शाह सहित नगरपालीकाका ३ वटा वडामा निर्वाचित स्वतन्त्र वडा  अध्यक्ष समेत नेकपामा प्रवेश गर्ने मानसिकतामा छन् । मेयर शाह अहिले सम्म कुनैपनि भ्रष्टाचार विवादमा नपरेको ,सामन्ती शैलीको ब्यवहार नदेखाएको र राजनीतिमा अपराधीक मानसिकतावाट मुक्त देखिएकाले नेकपाले उनलाई प्रबेश गराउन चाहेको प्रचण्ड निकट श्रोतको दाविछ । आगामी चुनावमा टिकट पाउनका लागि प्रचण्ड निकट हुदा धेरै सजिलो महशुस हुने विष्लेषण गरेर शाह प्रचण्डकै हातवाट टिका लगाउन चाहेको उनी निकट श्रोतको दाविछ। विगतमा पनि सो नगरपालिकामा साविक एमाले भन्दा माओवादी प्रभाव राम्रो थियो ।

        अव हुने चुनावमा पनि सो क्षेत्रको मेयरको नेतृत्व साविक माओवादीकै कित्तामा जाने अनुमान गर्न सकिन्छ । त्यसैले शाहले यी सबैपाटाहरु राम्रैसंग केलाएको विष्लेषण गर्नेहरुको तर्कछ। यता त्यो क्षेत्रका नेकपाका नेता जुवेर खाँ पनि शाहलाई प्रचण्डकै हातवाट टिका लगाएर प्रबेश गराउन लागि परेका थिए । तर कोरोना प्रभाव मेयरको पार्टी प्रबेशमा पनि देखा परयो । उनको निधारमा नेकपाको अविर लाग्ने क्रम केहिदिन पछि सरयो । यसलाई कतिपयले बे्रक लागेको भन्न सक्लान । कतिपयले नेकपा प्रबेश गर्ने भरयाङ चढेको भन्दै आइसब्रेक भएको ठान्लान । जे होस मेयर शाह अव नेकपामा सामेल हुने मार्ग प्रसस्त भएको अवश्य मान्न सकिन्छ । 

प्रकाशित : ६ चैत्र २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६