समाचार

बुटवलमा सडक मिचेका घर खाली गर्न १५ दिने सूचना



बुटवल, ६ चैत । बुटवल बेलहिया व्यापारीक मार्ग विस्तार आयोजनाले बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्म सडक सिमा मिचेर वनेका घर खाली गर्न सूचना जारी गरेको छ । साढे तीन किलोमिटर लम्वाईको राजमार्ग चौराहा गोलपार्कसम्म सडक सिमा मिचेर वनेका घर भत्काउन तथा घर खाली गर्न आयोजनाले घर धनीहरुलाई १५ दिने सूचना जारी गरेको हो । लामो समयदेखि अदालतको आदेशका कारण अलमलमा परेको बुटवलको सडक विस्तारको काम फेरी अघि बढ्न लागेको छ । 

आयोजनाले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गरेको आदेश बमोजिम मुआब्जा प्रकृयाका लागि निवेदन दिएका घरधनी मध्ये कमलादेवी श्रेष्ठ, जनक कोईराला, किशोर कुमार श्रेष्ठ, सायरा खातुन र जीवनलाल बज्राचार्य बाहेक अन्य घरको मुआब्जा दिन नपर्ने निर्णय गरिएको समेत सुचनामा उल्लेख छ ।सडक विस्तारले आफूहरुको स्वामित्वको जग्गा सरकारी वन्ने हुदा मुआब्जाकोे माग गर्दै बुटवलको सडक किनाराका एकसय ५५ जना घरधनीले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा रिट दायर गरेका थिए ।

        उनीहरुको निवेदनमा फैसला गर्दै अदालतले जिल्ला प्रशासन कार्यालयमार्फत मुआब्जा प्रकृया अगाडी बढाउन निर्देशन दिएको थियो । जिल्ला प्रशासन कार्यालयले मुआब्जा प्रकृया अगाडी बढाउँदा समेत घरधनीहरुले पुनरावेदनको लागि गृह मन्त्रालय गुहारेका थिए तर गृहले समेत जिल्ला प्रशासन कार्यालयले गरेको निर्णय नै सदर गरेको छ ।

        सडक किनारका घरधनीहरुको अवरोध र अदालतको आदेशका कारण दुई बर्ष पछि परेको सडक विस्तारको कामले अव गति लिने आयोजनाका प्रमुख अगाडी काम सुरु भई सक्नुपर्ने बुटवलको राजमार्ग चौराहादेखि गोलपार्क सडक काम सुरु हुन सकेको  थिएन । 

प्रकाशित : ६ चैत्र २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६