सूचना र प्रविधि

तौलिहवामा २० बेडको क्वारेण्टाइन २ जना भर्ना, स्थानीयको सुनिश्चित सुरक्षा : प्रजिअ



कपिलवस्तु ७ चैत्र । “बीहिवार विहान ११ वजेतिर २ जनामा कोरोनाको लक्षण देखिएपछि क्वारेण्टाइन पठाइयो ,स्थानीय महेन्द्र आधारभूत प्राविलाई नै क्वारेण्टाइन पोष्ट बनाइयो” भन्ने समाचार प्रेसपाटी अनलाइमा जव प्रकासित भयो यसले एकाएक तौलिहवाका स्थानीयमा कोरोनाको त्रास हवात्तै बढाइदियो । कतिपयले पसलका सटर लगाउन थाले । बजार गएका आफन्तलाई तत्काल घर फर्कन आग्रह् गर्दै फोन गर्ने क्रम वढ्यो । कतिपयले तौलिहवामा बस्न सकिन्छ की सकिदैन भनेर वाहिर रहेका आफन्तलाई फोन गर्न थाले । यसले के देखियो भने तौलिहवा जस्तो प्राय सूचना र प्रविधीमा त्यति अपडेट नहुने शहरका वासिन्दाहरु पछिल्लो पटक  कोरोना प्रकरणसंगै सूचनामा निकै सचेत र जागरुक बनेका रहेछन् । स्थिती दिनभर त्यस्तो रहेन वजारमा माइकिङ गरियो नआत्तिन अपिल गरियो विस्तारै फेरी नियमित दैनिकी नै चल्यो । परिस्थिती सम्हालियो । 

  घटना विवरण अनुसार भारतीय भुमी हुदैँ सिमाक्षेत्र कपिलवस्तुको मर्यादपुर खुनुवा नाकाबाट नेपाल प्रवेश गर्दैगर्दा त्यहा रहेको हेल्थ डेक्समा चेकजाँच गर्दा २ जनामा उच्च ज्वरो र रुघाखोकी देखिएको थियो ।त्यस मध्ये एकजना तेश्रो मुलुकवाट भारत हुदै नेपाल आएका रहेछन् भने अर्काे १जना भारतवाट रोजगारीपछि नेपाल फर्किएका रहेछन् । उनीहरुलाई खुनुवावाट तौलिहवा स्थित जिल्ला अस्पतालमा सुरक्षा प्रबन्धका साथ ल्याएको र चेकजाँच पछि स्थानीय महेन्द्र आधारभूत प्राविमा राखिएको हो  । 

        प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले तौलिहवामा २० बेड सम्म राख्न मिल्नेगरी क्वारेण्टाइन पोष्ट खडा गरिएको  बताउनु भयो  ।  पहिलो चरणमा ४ वेड राखिएको छ । १जनालाई विहिवार अपरान्हवाट त्यहा राखिएको छ भने अर्काे १जनालाई बीहिवार साँझमात्र त्यहा पठाएको छ । 

कपिलवस्तु स्थित जिल्ला अस्पताल तौलिहवाका मेसु किशोर बन्जाडेले उहाँहरु कोरोना प्रभावित हो कि होइन भन्ने कुरा ल्याव परिक्षण पछि मात्र पुष्टि हुने वताउदै हाल विदेशवाट आएकाले र ज्वरो समेत आएकाले क्वारेण्टाइन पठाउने निर्णय गरिएको वताउनु भयो । अस्पत्तालका चिकित्सकको नियमित निगरानीमा राखिने भएकाले क्वारेण्टाइनमा बस्नेहरु ढुक्कले उपचार हुनेकुरामा विश्वस्त हुन बन्जाडेले आग्रह गर्नु भयो । 

          यता प्रमुख जिल्ला अधिकारी पौडेलले क्वारेण्टाइन पोष्टको परिधीभित्र निरन्तर भाइरस विरुद्ध एक्सप्रे गरिएको,सुरक्षाकर्मीको २४ घण्टे डयुटी खटाइएको, स्वास्थ्यकर्मी वाहेक कसैलाई पनि त्यहा जान नदिइएको र स्वास्थ्यकर्मी उच्च सतर्कताकासाथ कृयासिल रहेकाले तौलिहवावासी कोहीपनि असुरक्षित नरहेको बताउनु भयो ।    

  यस्तो विपदका बेलामा जो कोही पनि समस्यामा पर्ने भएकाले कहिकतै लक्षण देखिएमा क्वारेण्टाइनमा राख्नकालागि सघाउन कपिलवस्तुवासीमा  प्रजिअ पौडेलले अपिल गर्नु भएको छ । यता प्रहरी उपरिक्षक दिप शमसेर जवराले अनलाइन ,छापा र विधुतिय संचार माध्यमले जनतामा कुनैपनि त्रास पैदा नहुनेगरी संचार प्रवाह गरेमा कपिलवस्तुमा कोरोनाको समस्या खासै नरहेको तर्क गर्नु भयो । 

सुरक्षाकर्मी र स्वास्थ्यकर्मी  कोरोनाको आशंका गरिएकाहरुसंग नजिकमा जानैपर्ने वाध्यता भएपनि अरु तौलिहवावासीलाई आफ्नै दैनिकी चलाउन र सावधानी अपनाएर अघि वढ्न कुनै समस्या नरहेकाले ढुक्कसाथ काममा खटिन उहाँले आग्रह गर्नु भयो । 

         यता क्वारेन्टाईनमा चौध दिन राखेपछि मात्रै उनीहरुलाई आफनो घर जान दिईने बताईएको छ । कोरोना हो होईन भन्ने बारे पुष्टि गर्न नमुना काठमाण्डौ  ल्याव परिक्षणका लागी पठाइएको अस्पतालले जनाएको छ । बुटवलमा यस्तै घटना सार्वजनिक भएपनि पछि उच्च निमोनियाको पुष्टि भएको थियो । तौलिहवामा पनि यस्तै अरु रोग नै पुष्टि हुन पनि सक्छ त्यसैले धेैर्य गर्नुको विकल्प छैन 

प्रकाशित : ६ चैत्र २०७६, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६