अन्तर्राष्ट्रिय

चार बलात्कारीलाई फासी दिएपछि आमाले भनिन् मेरो धर्म पूरा भयो



एजेन्सी, ७ चैत । निर्भया बलात्कार काण्डका ४ जना दोषिलाई भारतमा फाँसी दिईएको छ ।  भारतीय समयअनुसार आज बिहान साढे ५ बजे मिनेटमा दिल्लीस्थित तिहाड जेलमा उनीहरुलाई फाँसी दिईएको संचारमाध्यमहरुले जनाएका छन् । निर्भयाका बलात्कार घटनाका दोषीहरु विनय शर्मा, अक्षय कुमार सिंह, मुकेश सिंह र पवन गुप्तालाई एकसाथ फाँसीको सजाय दिईएको हो । 

        सन् २०१२ मा सामूहिक बलात्कारपछि हत्या गरिएकी निर्भयाको परिवारले ७ वर्ष ३ महिना ८ दिनपछि न्याय पाएका छन् ।  सन् २०१२ डिसेम्बर १६ को राती केन्द्रीय राजधानी नयाँ दिल्लीमा गुडीरहेको बसभित्र निर्भयाको सामूहीक बलात्कार भएको थियो ।  निर्भयाकी आमाले लामो समयसम्म न्यायका लागि लडाँइ लडिएको भन्दै आज दोषीलाई फाँसी दिईएपछि  आफ्नो धर्म पूरा भएको  बताएकी छिन् । 

प्रकाशित : ७ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६