प्रदेश

शितगंगा नगरपालिकामा अशिना पानीले १५ करोड बढीको क्षति



 शितगंगा ७ चैत । गत चैत १ गते आएको अशिना पानीले शितगंगा नगरपालिकामा १५ करोड बढीको क्षति पुगेको छ । क्षति पुगेका वडा हरुमा संकलन भएको विवरण अनुसार करिव १० करोड बरावरको क्षति कृषि उपज बालीनाली,खेतिपातीमा भएको छ ।अशिनापानीले सबै भन्दा बढी वडा नम्बर ३र ४ मा क्षति पुराएको छ भने अन्य वडाको बिवरण समेत आएकोछ । बिवरण अनुसार वडा नम्बर ३ मा ४४८ घरधुरीमा बाली नोक्सान भएको बिवरणमा उल्लेख रहेको छ भने छुटेकाहरुको बिवरण संकलन हुँदै रहेको छ । यस्तै भौतिक क्षतिको बिवरण प्रहरीले अनुगमन गरिसकेपछि मात्र जानकारी हुने भएकोले भौतिक क्षतिको बिवरण संकलन हुन बाँकी रहेको छ । यस्तै वडा नम्बर ४ मा ५३६ घरधुरीको वालीनाली नष्ट भएको बिवरणमा उल्लेख छ । यस्तै वडा नम्बर ५ मा २९८ घरधुरीको बाली नष्ट भएको छ यस्तै वडा नम्बर १२ मा २०० घरधुरीमा क्षति पुराएको छ । यस्तै वडा नम्बर १३ मा ३३ घरधुरीको बालीमा क्षति पुगेको बिवरणमा उल्ल्ेख रहेको छ । 

                     शुक्रबार नगरपालिकामा बसेको विपत ब्यवस्थापन समितिको बैठकमा बिभिन्न वडाहरु बाट संकलन भएका क्षति बिवरण अनुसार १५ करोड बराबरको क्षति भएको जानकारी गराइएको छ । असिना सहित परेको पानीले शितगंगा नगरपालिकाका मुख्य सडकहरुमासमेत  क्षति पुराएको छ । नगरपालिकाले संकलन गरेको क्षति बिवरण जिल्ला विपत ब्यवस्थापन समितिको बैठकमा पेस गरे पछि प्रदेश सरकार तथा सघिंय सरकार सँग क्षतिको माग गरिने शितगंगा नगरपालिका प्रमुख सूर्य प्रसाद अधिकारीले जानकारी दिनु भयो । यस्तै शुक्रबार बसेको नगरपालिकाको विपत ब्यवस्थापन समितिको बैठकले माहामारीकोरुपमा फैलिरहेको  कोरोना भाइरसको संक्रमण रोकथामको लागि सर्तकता अपनाउने निर्णय समेत गरेको छ । हितगंगामा प्रवेस गर्ने मुख्य नाकाहरुमा हेल्थ डेक्सको स्थापना गरिने भएको छ ।यस्तै नगरपालिकामा आउने बिरामीमा कोरोनाको लक्षण देखिएमा  निग्रानी गर्ने र संका लागेको  सम्बन्धित स्थानमा पुराउने एम्बुलेन्स तयारी अवस्थामा राखिने नगर प्रमुख सूर्य प्रसाद अधिकारीले जानकारी दिनु भयो ।

प्रकाशित : ७ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६