समाचार

सैनामैनामा अनिश्चित कालका लागि साप्ताहिक हाजबजार बन्द हुने



सैनामैना ७ चैत । रुपन्देहीको सैनामैनामा अनिश्चित कालका लागि साप्ताहिक हाजबजार बन्द हुने भएका छन् । विश्वका विभिन्न देशमा तीव्ररुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड – १९) को सर्तकता अपनाउनका लागि नगरपालिकामा पनि साप्ताहिक हाजबजार बन्द गर्ने निर्णय गरिएको सैनामैना नगरपालिकाका प्रबक्ता रत्न बहादुर पौडेलले जानकारी दिए ।  सैनामैना ४ मुर्गिया नगर सभाको हलमा बिहीबार बिहान बसेको कार्यपालिका बैठकले विश्वभर विकराल रुपमा फैलिरहेको कोरोना भाइरसबाट सर्तकता अपनाउनका लागि साप्ताहिक हाट बजार बन्द गर्ने, नगरमा कुनै पनि भेला, गोष्ठी सेमिनार, सभा सम्मेलन नर्गर्ने निर्णय गरिएको नगरका प्रबक्ता एवम् वडा नं ३ का वडाध्यक्ष पौडेलले बताए  । माध्यमिक शिक्षा परीक्षा एसर्ईईको तयारीमा रहेका विद्यार्थीहरुलाई दैनिक रुपमा कार्यतालिका बनाएर घर घरमा पुग्न विद्यालयहरुलाई निर्देशन दिइने समेत निर्णय भएको नगरपालिकाले जनाएको छ । नेपाल सरकार (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णय बमोजिम सरकारले बुधबार माध्यमिक शिक्षा परीक्षा एसर्ईई स्थगित गरेको थियो । 

                  विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना भाइरसको जोखिममा रहेको चेतावनी दिएलगत्तै सैनामैना नगरपालिकाले पनि कोरोना भाइरसको जोखिमबाट बच्न पूर्वसतर्कता अपनाउन ११ वटै वडामा विभिन्न सचेतनामुलक ब्यानर तथा पोस्टरहरु टाँसिसकेको छ । भाइरस संक्रमणबाट सचेत रहनको लागि र सर्तकता अपनाउन यस अघि नै पर्रोहा हेल्थ पोस्ट मुर्गियाका डा. प्रकाश खरेलको संयोजकत्वमा ९ सदस्यीय (आरआरटि) समिति चयन गरिसकेको छ । नगरपालिकाले कोरोनाको जोखिमबाट सर्तकता अपनाउनका लागि आवश्यक तयारी थालिएको बताउँदै सम्पुर्ण नगरवासीमा पुर्वसावधानी अपनाउन समेत आग्रह गरको छ । 

प्रकाशित : ७ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६