समाचार

एकै दिनमा १०० शैयाको नयाँ अस्पत्ताल



बुटवल, ८चैत । बुटवल उपमहानगरपालिका र लुम्विनी प्रादेशिक अस्पतालको सहकार्यमा एक सय बेडको आईसोलेसन अस्पताल वन्दै छ । छुट्टै आईसोलेसन वेडहरु रहने यो अस्पतालको नाम बुटवल कोरोना बिशेष अस्थायी अस्पताल राखिएको छ । शुक्रबार निर्माण थालिएको अस्पताल २४ घण्टाभित्रै सञ्चालनमा ल्याईने तयारी छ । चितवनको भरतपुरमा कोरोना विशेष अस्थायी अस्पताल सञ्चालन भए लगत्तै बुटवलमा पनि त्यस्तै प्रकृतिको अस्पताल छिट्टै सञ्चालन हुंदैछ ।

        भारतीय सिमाना सुनौली नजिकको शहर बुटवलमा बन्ने यस्तो अस्पतालले कोरोनाको संभावित खतरासंग जुध्न ठूलो सहयोग पुग्ने छ ।बुटवल रामनगरको औद्योगिक क्षेत्रस्थित बन्द अवस्थामा रहेको धागो कारखानामा आईसोलेसन अस्पताल संचालन गर्न लागिएको हो । बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको सहकार्यमा अस्पताल सञ्चालनमा आउदैछ । सुनौली नाका र अनेक खुल्ला नाकाहरु रहेको रुपन्देहीमा भारतबाट कोरोना भित्रिने त्रासलाई मध्यनजर गर्दै अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो ।बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीका अनुसार २४ घण्टा भित्र संचालनमा ल्याईने अस्पतालमा एकसय आईसोलेसन बेड हुनेछन् ।

        शनिबार साझसम्म संचालनमा आउने अस्पताल संचालनका लागि आवश्यक बेडका लागि बुटवल र वरपरका निजी अस्पतालहरुले पनि सहयोग गर्ने छन् । धेरै बर्षदेखि बन्द धागो कारखानामा तीसवटा भन्दा बढी बेड बनाउन सकिने संरचना पहिल्यै छन् । तिनलाई मर्मत गरेर प्रयोग गर्न सकिने छ । अस्पताललाई प्राविधिक सहयोग लुम्बिनी प्रादेशिक अस्पतालले गर्ने छ । विरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको लागि एकसय थान सुरक्षित एप्रोन काठमाण्डौबाट ल्याईने प्रमुख सुबेदीले बताउनु भयो ।

        अस्पताल बनाईने भवनमा अहिले सरसफाइ, रंगरोगन र पूर्वाधार निर्माण तीब्र पारिएकोे छ । यसका लागि युवा र स्वयंसेवकहरु पनि खटिएका छन् । यो स्थानमा ३० वटा अस्थायी शौचालय बन्दैछन् । त्यसका लागि निर्माण व्यवसायी संघ रुपन्देहीले सहयोग गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्राईले संभावित खतरालाई टार्न यो अस्पताल प्रभावकारी हुने बताउनु भयो । संकटको बेला यस्ता कार्यमा सबैको सहकार्य आबश्यक रहेको पनि उहांले बताउनु भयो ।

प्रकाशित : ७ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६