समाचार

सिमानाका नजिकमा क्यारेन्टाइन कक्ष स्थापना



कपिलवस्तु  ८ चैत्र ।  शिवराज नगरपालिका ५ चन्द्रौटामा क्वारेन्टाइन कक्ष स्थापना गरेको छ । चन्द्रौटा बजार देखि पुर्व पट्टी रहेको दुर्गा मन्दिर भवनमा ४ वटा वेड सहित कक्ष स्थापना गरिएको हो । सिमा नाका देखि नजिक रहेको नगरमा कोराना भाइरसको उच्च जोखिम रहेकोले क्वारेन्टाइन कक्ष राखिएको नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । कारोना भाइरस प्रभावित मुलुक वाट आएका नागरिक तथा कोरोनाको आंशका देखिएका मानिसहरुलाई १४ दिन यसै स्थानमा राखिने अधिकारीले बताउनुभयो ।

        उक्त कक्षमा नगरका दुई जना स्वास्थ्य कर्मीलाई हेरचाहको लागि राखिने अधिकारीले बताउनुभयो । भारतवाट प्रवेश गर्ने कृष्णनगर क्षेत्रवाट आउने नागरिकलाई जवाभारीमा क्षेत्रमा हेल्थ डेक्स स्थापना गरिने शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईल बताउनुभयो । विश्वमा माहामारीको रुप लिएको कारोना भाइरस बाट जोगिन नागरिकहरु सचेत हुनुपर्ने प्रदेश सभा सदस्य अर्जुन केसीले बताउनुभयो । सामान्य लापहरवाहीले यो राग माहामारीको रुपमा हुने बताउदै नगरभित्र नागरिकहरु सुरक्षित हुुनतर्फ ध्यान दिन आग्रह गर्नुभयो । त्यस्तै शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको सिद्धार्थ फर्निचरका संचालक सोभियत खनालले क्वारेनटाइनको लागि १० थान बिरामी राख्न मिल्ने वेड र धुन मिल्ने मेट्रेस सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । चन्द्रौटामा रहेको संजिवनी सामुदायिक अस्पताल र चन्द्रौटा हस्पिटलमा १÷१ वटा आइसोलेसन वार्ड स्थापना गरिएको छ ।

प्रकाशित : ७ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६