सूचना र प्रविधि

जनयुद्धका सैन्य कमाण्डर ,अहिलेका एण्टी कोरोना कमाण्डर



रुपन्देही ८चैत्र ।प्रदेश ५  सरकारको निर्णय अनुसार जनयुद्धका सैन्य कमाण्डर अहिलेका एण्टी कोरोना कमाण्डर बनेकाछन् ।कोरोना भाईरस नियन्त्रणका लागि पूर्वतयारी र प्रतिकार्य गर्न सामाजिक विकास मन्त्री सुदर्शन वरालको कमाण्डमा टीम गठन गरेको छ । प्रदेश सरकारले  रेपिड रेस्पोन्स टीम बनाएको हो । सामाजिक विकास मन्त्रीको संयोजकत्वमा बनेको टीममा सामाजिक विकास मन्त्रालयका सचिव, सम्बन्धित महाशाखा प्रमुख, लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, भीम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सदस्य रहेका छन्।

            प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको कोभिड १९ पूर्वतयारी प्रतिकार्य र नियन्त्रणसम्बन्धि बैठकले कोरोना भाईरस नियन्त्रणका लागि प्रदेशका ३ जिल्लामा रहेका अस्पताललाई आइसोलेशन अस्पतालका रुपमा तयार पार्ने निर्णय गरेको छ। जसअनुसार रुपन्देहीमा भीम अस्पताल, बुटवल धागो कारखाना र देवदह क्याम्पस, दाङमा आर्युवेद अस्पताल बेलझुण्डी, बाँकेमा अर्बुद रोग अस्पताल र नेपाल प्रहरीको अस्पताललाई आइसोलेशन अस्पतालका रुपमा तयार गरिनेछ। 

            सरकारले कोरोना भाइरसको सूचना संप्रेषण तथा सुरक्षाका लागि छुट्टै सूचना प्रणाली बनाउने,  शंकास्पद व्यक्तिको नाम ठेगाना लगायतको विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा राख्ने, प्रदेशमा रहेका एम्बुलेन्सहरुको जिल्लागत विवरण सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले तयारी अवस्थामा राख्ने र एम्बुलेन्स चलाउनका लागि थप चालक आवश्यक भए सुरक्षा निकायमा रहेका चालकहरुको विवरण तयार राख्न निर्देशन दिएको प्रेसपाटीले जानकारी पाएको छ । 

        यस्तै सीमा क्षेत्रबाट आवतजावत गर्ने मानिसहरुको विवरण संकलन गर्न थप जनशक्ति आवश्यक भए सुरक्षा निकायबाट व्यवस्था गरी विवरण संकलन गर्ने, भारतीय सीमाना हुँदै नेपाल प्रवेश गर्ने भारत लगायतका अन्य देशका नागरिकहरुलाई अत्यावश्यक कामबाहेक नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ।भारतबाट नेपाल भित्रिने सवारी साधनहरुलाई मेडिकल ट्रिटमेन्ट गरेर मात्रै नेपाल आउने व्यवस्था गर्ने र बढी भीडभाड हुने सरकारी कार्यालयहरुमा नेपाल सरकारबाट भएका सूचना सार्वजनिक गरी भीडभाड कम हुने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ। 

प्रकाशित : ७ चैत्र २०७६, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६