समाचार

म्याग्दीका युवा माक्स उत्पादनमा व्यस्त



म्याग्दी १० चैत । चीनको वुहानबाट विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस हाल विश्वका  १ सय ८७ देशमा फैलिएको छ । कोरोनाको प्रकोपबाट बच्न मास्क र सेनिटाईजरको अधिक प्रयोग हुन थालेपछि बजारमा माक्सको अभाव सगैँ कालोबजारी बढीरहेको छ । १० रुपैयामा पाईने माक्सलाई एक् सय देखि ढेडसयसम्म पर्ने गरेको खवर सुन्न र देख्न पाईन्छ । अझ उभोग बढि र उत्पान स्थिर भएका कारण बजारमा माक्स पाउन ज्यादै सर्घषको विषय बनेका बेला म्याग्दीका युवाहरुले स्थानीय रुपमा माक्स उत्पादन सुरु गरेका छन् । नेपाल युवा परिषद म्याग्दी ,इन्फ्ल्युन्सियल ब्याचलर्स क्लब र म्याग्दी जेसिजलले संयुक्त रुपमा मेडिकलले माक्स सरह गुणस्तरीय माक्स उत्पादन सुरु गरेका हुन् ।  युवाहरुले दैनिक  एक सय   सर्जिकल र मेडिकल माक्स उत्पादन गर्नु सुरु गरेको नेपाल युवा परिषद म्यागदीका अध्यक्ष छवि आचार्यले जानकारी दिनुभयो   । युवाले उत्पादन गरेको माक्स जिल्ला अस्पताल म्याग्दीले र जिल्ला प्रशासन कार्यालयले मेडिकल माक्स सरहको मान्यता दिएको छ । माक्स उत्पादन संगै युवाहरुले माक्स प्रयोग गर्ने तरिकाबारे समेत सर्वसाधरणलाई सचेत बनाउने बताएका छन्। 

प्रकाशित : १० चैत्र २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६