समाचार

क्वारेन्टाईन नबनाए मेयरका घर पठाउछौ, २४ घण्टा भित्र तयार गर्न निर्देशन



कपिलवस्तु १० चैत्र । एक दिन भित्र आईसोलेसन बार्ड र क्वारेन्टाई खडा गर्नु पर्ने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले वताउनु भएको छ । स्थानिय तह र जिल्ला प्रशासन कार्यालय बिच बैठक वसि निर्माण नगर्ने स्थानिय तहका प्रमुख कै घरमा शंकास्पदलाई राख्ने पौडेलले वताउनु भयो । यस अगाडि जिल्ला प्रशासन कार्यालय ले क्वारेन्टनईन र आईसोलेसन निर्माण गर्न निर्देशन दिएको थियो ।जिल्ला भित्र कोरोना छिर्न नदिनका लागि आवश्यक तयारि भएको वताईएको छ । सबै नगरपालिकाले सुचना दिने काम निरन्तर भई रहेको र  क्वारेन्टाईन र आईसोलेसन वार्ड तयार गर्ने वताईएको छ । छलफलमा सबै स्थानिय तह , जिल्ला प्रहरी कार्यालय , शसस्त्र प्रहरी , पत्रकार महासंघ लगायतको सहभागिता भएको थियो ।

प्रकाशित : १० चैत्र २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६