समाचार

ब्रम्हलुट मच्याउदै बाणगंगाका ठेकेदार, कच्चा माल वाहिर निकासी, नगरपालिका मौन



कपिलवस्तु , ११ चैत । बाणगंगा नगरपालिकाले १ बर्ष अघि बढ्दो नदीजन्य पर्दाथ निकासीको बेथिती रोक्न एउटा राम्रो निर्णय गरेको थियो । बाणगंगा नगरपालिका अन्र्तगतका नदीबाट निकासी हुने नदिजन्य पर्दाथ १ तह प्रशोधन गरेर मात्र नगर बाहिर निकासी गर्र्न पाइने । सोहि अनुसार चालु आ.ब.मा नगरपालिका निकासी ठेक्का लाग्यो । १ तह प्रशोधन नदीजन्य पर्दाथ निकासीका लागि कैलालीको अक्सि बिल्डर्सले २ करोड २२ लाखमा असोज देखि ठेक्का लियो । तर अहिले आएर बाणगंगा नदीबाट निकासी भइरहेका अप्रशोधित (कच्चा) नदीजन्य पर्दाथ धमाधम रुपन्देही, बुद्धभूमी तथा कपिलवस्तु नगरपालिका निकासी भइरहेको छ । फागुन १५ देखि बाणगंगा नदीमा ठेक्का लागे पछि उक्त क्रम झन बढेको छ । 

बाणगंगा नगरपालिका राजस्व अधिकृत मदन प्रसाद घिमिरेका अनुसार ठेकेदारले क्रेसिङ्ग गरिएका गिट्टि, बालुवा निकासीको अनुमति मात्र दिइएको बताउनुभयो । “ढुंगा, मिस्कट, अप्रशोधित बालुवा, माटो निकासी गर्नबाट रोकेका छौ” उहाले भन्नुभयो । तर नगरपालिका निर्णयको धज्जी उडाउदै ठेकेदारले धमाधम अप्रशोधित नदीजन्य पर्दाथ र ढुंगा निकासी गरिरहेको छ । रसिद काट्न नगर सीमामा बसेका कर्मचारीहरुका अनुसार दैनिक २ सय ट्याक्टर र १ सय ट्रिपरले कच्चा माल रुपन्देही लाने गरेका छन् । त्यस मध्ये क्रेशर वाटा ट्रिपरहरु ५० वटा जति मात्र हुने र बाँकी सिधै खोलाबाट मिस्कट, ढुंगा ल्याउने गरेको कर्मचारीले जानकारी दिए । श्रोतका अनुसार बाणगंगा नदी ठेक्का पाएको एन बि कन्ट्रक्सन् संगको साझेदार र निकासी ठेक्का पाएको अक्सि विल्डर्सका साझेदार व्यक्तिहरु अधिकांश एउटै भएको हुदा उक्त अवैध निकासी अझ मौलाएको छ । स्थानीय नगर खपत थोरै हुने र बढि मुनाफा नहुने भएपछि ठेकेदारहरुले अवैध निकासीलाई थप बढावा दिएको स्थानीयबासीहरुको आरोप छ । एक त प्रशोधित वस्तुको मात्र नगर निकासी गर्ने ठेकेदारले कच्चा मालको निकासी कर उठाउन पाउदैन त्यस माथि अप्रशोधित वस्तु नगर बाहिर जानै दिनु हुदैन तर यसबारे न त नगरपालिकाले चासो देखाएको छ न त प्रहरी वा जिल्ला समन्वय समितिले ।

बाणगंगा नगरपालिकाले ठेक्का लगाउने तर राजनितिक आवरण बोकेका ठेकेदारको डर त्रास र दबाबका कारण नियमित अनुगमन, नियमन तथा कारवाही भने नगर्ने गरेको स्थानीय महेन्द्र सापकोटाले बताउनुभयो । “यहाँ त सजिलो छ, मेयरले एक्शन लिए कागं्रेस ठेकेदारले दबाब दिन्छन्, उपमेयरले एक्शन लिए नेकपा ठेकेदारले । अरु त अरु कर्मचारीले केहि गर्न खोजे सबै खाले प्रभावमा पार्न खोज्छन् ” सापकोटाले भन्नुभयो । नगरपालिकाकै निर्णय विरुद्ध अवैध रुपमा नदीजन्य निकासी भइरहेको र निकासी ठेकेदारले ब्रहम्मलुट मच्याएको भन्ने बारे आफुलाई जानकारी नभएको तर यसबारे आवश्यक छानबिन गरिने उपप्रमुख तथा राजस्व परामर्श समिति संयोजक चक्र अर्यालले बताउनुभयो । “ठेकेदारले अवैध गरे कारवाही गर्छौ ” उहाले भन्नुभयो । 

अप्रशोधित नदीजन्य पर्दाथ नगरबाहिर निकासी गरिएको रसिद तथा बा०ागंगा नाका निकासी रसिद

प्रकाशित : १० चैत्र २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६