अन्तर्राष्ट्रिय

साउदी अरबमा देशभरि कर्फयूको घोषणा



रियाद, १० चैत । साउदी अरबमा सोमबार बेलुकादेखि देशभरि कफ्र्यूको घोषणा गरिएको छ । स्थानीय समयअनुसार बेलुका ७ बजेदेखि लागू हुने कम्पनी आगमी २१ दिनसम्म  कायम रहने अधिकारीहरूले जानकारी दिएका छन्।साउदी अरबका राजा सलमान बिन अब्दुल्लाजिज साउदले सोमबार दिउँसो तीनदिने कफ्र्यू आदेशको घोषणा गर्न भएको जनाइएको छ । उहाँले कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि कफ्र्यूको घोषणा गर्न परेको स्पष्ट पार्नुभएको छ । 

            साउदी राजा सल्मानले जनहितका लागि कफ्र्यू पालना पूर्णरूपमा गर्न पनि आह्वान गर्न भएको छ । राजाको तर्फबाट राजदरवारले जारी वक्तव्यमा गरेको कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्नेतर्फ उच्च सतर्कता अपनाउन पनि आग्रह गरिएको छ । खाडी मुलुक साउदी अरबमा सोमबारसम्म ५११ जना सङ्क्रमित भेटिएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी  र सञ्चारकर्मीलाई  भने कफ्र्यू आदेश लागू नहुने वक्तव्यमा उल्लेख गरिएको छ । (रासस/सिन्हवा) 

प्रकाशित : १० चैत्र २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६