अन्तर्राष्ट्रिय

कोरोनाबाट विश्वभरिमा चौध हजार ७ सय ४ को मृत्यु



जेनेभा, १० चैत । विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण सोमबारसम्म चौध हजार ७०४ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संंंसारभरि तीन लाख ४० हजार ३२ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । 

सङ्क्रमित व्यक्तिमा ९९ हजार १६ जना उपचारपछि घर फर्किएका छन् । दुई लाख २६ हजार ३१२ व्यक्ति हाल सङ्क्रमित रहेका छन् । कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १९२ भन्दा बढी देशमा देखा परीसकेको छ । चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । 

चीनको हुबेई प्रान्तको उहानबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनभरि तीन हजार २७२ व्यक्तिको मृत्यु भएको छ भने, ८१ हजार ९३ जना सङ्क्रमित रहेका छन् ।

हाल कोरोना भाइरसका कारण अत्यन्त प्रभावित भएको इटालीमा यस रोगको सङ्क्रमणको कारण  पाँच हजार ४७६ व्यक्तिको मृत्यु भएको छ । हाल ५९ हजार १३८ जना सङक्रमित रहेका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार सात हजार २४ व्यक्ति उपचारपछि घर फर्किएका छन् । इरानमा कोरोना भाइरसको सङ्क्रमणको कारण एक हजार ६८५ व्यक्तिको मृत्यु भएको छ । हाल २१ हजार ६८५ जना सङक्रमित रहेका छन् । सात हजार ९१३ व्यक्ति उपचारपछि घर फर्किएका बताइएको छ । 

कोरोना भाइरसको सङ्क्रमणको कारण स्पेनमा १ हजार ७७२ व्यक्तिको मृत्यु भएको छ । हाल २८ हजार ७६८ जना सङक्रमित रहेका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार दुई हजार ५७५ व्यक्ति उपचारपछि निको भएर घर फर्किएका छन् । जर्मनी कोरोना भाइरसको सङ्क्रमणको कारण ९४ व्यक्तिको मृत्यु भएको छ । हाल २४ हजार ८७३ जना सङक्रमित रहेका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार २६६ उपचारपछि निको भएर घर फर्किएका छन् ।

  संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण ४५७ व्यक्तिको मृत्यु भएको छ । हाल ३५ हजार ६० जना सङक्रमित भने  १७८ उपचारपछि निको भएर घर फर्किएका छन् ।फ्रान्समा कोरोना भाइरस सङ्क्रमणको कारण ६७४ व्यक्तिको मृत्यु भएको छ । हाल १६ हजार १८ जना सङ्क्रमित रहेका छन् । एक हजार २९५ उपचारपछि निको भएर घर फर्किएका छन् ।

दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमणको कारण १११ व्यक्तिको मृत्यु भएको छ । आठ हजार ९६१ सङ्क्रमित भएका छन् । सोमबार प्राप्त एक समाचारका अनुसार तीन हजार १६६ उपचारपछि निको भएर घर फर्किएका छन् । स्विट्जरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण ९८ व्यक्तिको मृत्यु भएको छ ।  सात हजार ७२४ सङ्क्रमित भएका छन् । यसैबीच १३१ जना भने उपचारपछि घर फर्किएका छन् ।

बेलायतमा कोरोना भाइरस सङ्क्रमणको कारण २८१ व्यक्तिको मृत्यु भएको छ । पाँच हजार ६८३ सङ्क्रमित भएका छन् । यसैबीच १३५ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । नेडरल्याण्डमा कोरोना भाइरस सङ्क्रमणको कारण १७९ व्यक्तिको मृत्यु भएको छ । चार हजार २०४ सङ्क्रमित भएका छन् । यसैबीच २ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।अष्ट्रियामा कोरोना भाइरस सङ्क्रमणको कारण १६ व्यक्तिको मृत्यु भएको छ । तीन हजार ६१९ सङ्क्रमित भएका छन् । यसैबीच ९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

बेल्जियममा कोरोना भाइरस सङ्क्रमणको कारण ७५ व्यक्तिको मृत्यु भएको छ । तीन हजार ४०१ सङ्क्रमित भएका छन् । यसैबीच ३४० जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । भारतमा हालसम्म कोरोनाभाइरस सङ्क्रमणबाट सात व्यक्तिको मृत्यु भएको छ । अफगानिस्तानमा ४० मा सङ्क्रमण देखिएको र एकको मृत्यु भएको छ । (रासस÷एएफपी) 

प्रकाशित : १० चैत्र २०७६, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६