समाचार

विद्यालयलाई क्वारेन्टाइन बनाइने



दमौली, ११ चैत । म्याग्दे गाउँपालिकाले विद्यालय भवनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने भएको छ । जामुने स्वास्थ्यचौकीमा ५ श्ययाको आइसोलेसन कक्ष बनाएको गाउँपालिकाले सबै विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिने जनाएको छ । कोरोनाका शङ्कास्पद व्यक्तिको सम्पूर्ण उपचार खर्च गाउँपालिकाले नै बेहोर्ने गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिनुभयो ।

        क्षेत्रीय होटल सङ्घ तनहुँले जिल्लास्थित होटलका कोठालाइ क्वारेन्टाइन बनाउन सहयोग गर्ने जनाएको छ । सङ्घका वरिष्ठ उपाध्यक्ष विकास खनालले प्रेस विज्ञप्ति जारी गरी होटलका कोठालाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न दिने प्रतिबद्धता जनाउनुभयो ।

प्रकाशित : ११ चैत्र २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६