समाचार

कर्मचारीको तलबको १० प्रतिशत कोरोना नियन्त्रण कोषमा


११ चैत्र २०७६, मंगलबार


गलकोट, ११ चैत । कर्मचारीको तलबको १० प्रतिशत कोरोना नियन्त्रण कोषमा बागलुङ जिल्ला, ताराखोला गाउँपालिकामा कार्यरत कर्मचारीले नेपाल सरकारले स्थापना गरेको कोरोना रोकथाम राहत कोषमा सहयोग गर्ने घोषणा गरेका छन् । कोभिड १९ बाट बच्नका लागि सरकारले घोषणा गरेको राहत कोषमा गाउँपालिकाका कर्मचारीले सहयोग गर्ने घोषणा गरेका हुन् । गाउँपालिकाका कर्मचारीले एक महिनाको तलबको १० प्रतिशत रकम कोषमा सहयोग गर्ने योजना अधिकृत जित सुनारले जानकारी दिनुभयो । 

        “देशमा आएको सङ्कटको घडीमा सबैले आआफ्नो तरिकाबाट सहयोग गर्न आवश्यक छ” सुनारले भन्नुभयो “सबैले सहयोग गर्दा नेपालको अहिलेको अवस्था समाधान हुन सक्छ ।” गाउँपालिकामा कार्यरत ३५ कर्मचारीले तलबबाट १० प्रतिशतको हुन आउने रु एक लाख १५ हजार कोषमा जाने सुनारले जानकारी दिनुभयो । (रासस) 

प्रकाशित : ११ चैत्र २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे