समाचार

गलत समाचारले त्रसित भयो कपिलवस्तु, कोरोना संक्रमित युवती भन्दा ४ दिन पछि आएका थिए चौधरी



कपिलवस्तु, १२ चैत । कोरोना संक्रमित युवती संगै आएका भनीएका कपिलवस्तु वुद्धभुमी ३ रनगाईमा युवा संगै नआएको पुष्टी भएको छ । प्रहरीका अनुसार चौधरी थरका ति युवा संक्रमीत युवती भन्दा ४ दिन पछी नेपाल आएको प्रमाण फेला परेको छ । ति युवा चैत्र ७ गते शुक्रवार कतारबाट नेपाल आएका थिए । सोमवार कोरोना संक्रमित युवती संगै आएको भन्दै धेरै अनलाईनमा समाचार प्रकाशन समेत भएका थिए । सो समाचार भाईरल समेत भएको थियो । समाचारका कारण कपिलवस्तुको वुद्धभुमी नगरपालिका पूरै कपिलवस्तु त्रसित बनेको थियो ।

कोरोना संक्रमण रहेकी युवती चैत्र ४ गते नेपाल आएकी थिईन । उनी कतार एयरवेज हुदै आएकी थिईन । सो जहाजमा १५२ यात्रु आएका थिए । जस मध्ये १२५ जनाको पहिचान खुलेको वताईएको छ । कपिलवस्तुका ति युवा कोरोना फैलिएको देश कतार वाट आएकोले क्वारेन्टाईनमा राखिएको वताईएको छ । चौधरी समुदायका २५ वर्षिय ति युवा हाल कपिलवस्तुको गोरुसिंगेमा रहेको क्वारेन्टाईनमा राखिएको छ । उनको स्वास्थय स्थिति सामान्य रहेको छ ।

यता पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले समाचार प्रकाशन गर्दा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको सुचना डेस्कबाट मात्र सुचना लिन आग्रह गर्नु भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र कार्यालयले तोकेको अधिकारी वाट मात्र समाचार संकलन गर्न अनुरोध समेत गर्नु भएको छ । 

चौधरी ढेड वर्ष पछी कतारबाट नेपाल फर्किएका थिए । कतारमा कोरोना फैलिएका कारण सुपर मार्केट वन्द भए पछी कम्पनीले ३ महिनाको लागी घरमा फर्काएको थियो । 

अहिले चौधरी संग उनका वुवा रहेका छन । अहिले सम्म छोरा स्वस्थ्य छ । चिन्ता लिनु पर्ने छैन । विमान भित्र पुरा सुरक्षा अपनाएको  वुवा ले वताए । विमान भित्र ग्लोव सेनिटाईजर मास्क प्रयोग गरी यात्रा भएको उनको वुवाले वताउनु भयो । वुद्धभुमी नगरपालिका २ थारु कल्याणकारीणी सभाहल मा रहेको क्वारेन्टाईनमा राखिएको छ । 

        उनी शनीवार मात्र कपिलवस्तु आईपुगेका थिए । शुक्रवार साझ ७ कृष्णनगरको वस चढेका चौधरी शनिवार घर आउनु भएको थियो । यही आफ्नो वडा वरीपरी मात्र डुल्नु भएको छ । धरै टाढा टाडा जानु भएको छैन । एक दिन हामी संगै सुतेका थियौ उनका भाई वताउछन । उनको स्वास्थ्य स्थिती सामान्य रहेको भाईले वताए । कतारमा कोरोना फैलिए पछी मानिस नआउदा दाजुले काम गर्ने सुपर मार्केट वन्द भयो । जस्का कारण कम्पनीले ३ महिनाको लागी कम्पनी विदा गरे पछी फर्किएका हुन ।    उनको अवस्था सामान्य रहेको छ । कुनै लक्षण  देखिएको छैन । हाल उनलाई निगरानीमा राखिने वुद्धभुमी नगरपालिका स्वास्थ्य शाखा प्रमुख डोर विक्रम वेल्वासेले वताउनु भयो । अनावश्यक हल्ला नगरीदिन वेल्वासेले अनुरोध समेत गर्ने भएको छ । 

प्रकाशित : ११ चैत्र २०७६, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६