अन्तर्राष्ट्रिय

कोरोनाबाट ज्यान गुमाउने १८ हजार ८ सय १ सय ९७ देशमा फैलियो अमेरिकामा संक्रमण बढ्दो



एजेन्सी, १२ चैत ।  कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ हजार ८ सय १० करिब १९ हजार पुगिसकेको छ ।  ४ लाख २१ हजार ३ सय ६७ मा संक्रमण फैलिएको छ । संक्रमण फैलिएका मध्ये १ लाख ८ हजार ३ सय ८८ उपचारपछि अस्पतालबाट फर्किएका छन् ।

        चीनको वुहानबाट शुरु भएको कोरोनाको महामारी अहिले विश्वका १ सय ९७ देशमा पुगेको छ । वितेको २४ घण्टामा महामारी फैलिएको चीनमा नयाँ संक्रमण र मृत्यु देखिएको छैन । चीनमा अहिलेसम्म ३ हजार २ सय ७७ ले ज्यान गुमाएका छन् भने ८१ हजार १ सय ७१ जना संक्रमित छन् । जसमध्ये ७१ हजार १ सय ५९ उपचारपछि घर फर्किएका छन् । २४ घण्टामा सबैभन्दा बढी संक्रमण अमेरिकामा फैलिएको छ भने सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ । इटालीमा ७ सय ४३ को यो २४ घण्टामा मृत्यु भएको छ । कोरोनाकै कारण इटालीमा मृत्यु हुनेको संख्या ६ हजार ८ सय २० पुगेको छ ।

        त्यस्तै अमेरिकामा ६ सय ९८ जनाले ज्यान गुमाएका छन् । २४ घण्टाको अवधिमा ९ हजार ८ सय ७५ मा नयाँ संक्रमणदेखिएपछि संक्रमितको संख्या ५३ हजार ६ सय ९ पुगेको छ ।

प्रकाशित : १२ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६