समाचार

यसपालीको चैते ,कोरोनाको प्रभावका कारण बाहिर जानसक्ने अवस्था छैन



कपिलवस्तु १२ चैत्र । यो वर्षको चैते दशैं सुरु भएको छ । चैत शुक्ल प्रतिपदाको दिनदेखि सुरु हुने यो वर्षको नवरात्रि अरु समय जस्तो भिन्न छैन । कोरोनाको प्रभावका कारण बाहिर जानसक्ने अवस्था छैन । सोमबारदेखि सरकारले एक हप्ते लकडाउन जारी गरेकोले मन्दिर जान समेत समस्या हुने अवस्था छ । त्यसैले यो नवरात्रमा सबैले आआफ्नै घरलाई नै मन्दिर सम्झिएर नवरात्र मनाउनुपर्ने देखिन्छ ।कोरोनाको कारण यतिबेला परिवारसँग रमाएर बस्नुको विकल्प नै छैन । साथीहरुसँग भेटघाट गर्ने अवस्था छैन । यस्तो अपस्थामा आएको नयाँ वर्षमा कसरी मनाउने घरमा नै बसेर चैते दशैं ? दशैंको समयमा पोषणविद्हरुले खानपानमा समेत ध्यान दिन सुझाव दिने गर्छन् ।कोरोनाको प्रकोप फैलिएको बेलामा रोग प्रतिरोधात्मक क्षमता विकास गर्न सहायक सिद्ध हुने फलहरुको बढी प्रयोग गर्नु उपयुक्त हुने पोषणविद्हरुको सुझाव छ । चिकित्सकहरु यो समयमा धेरै भन्दा धेरै रोग प्रतिरक्षा क्षमता बढाउने खालको खानेकुरा खानुपर्ने बताउँछन् ।

घरमै कसरी मनाउने नवरात्रि  ?

नवरात्र आफैंमा विशेष महत्वपूर्ण हुन्छ । शारदीय नववर्षको समयमा मुख्य दशैं मनाउने गरिन्छ भने यो वसन्त ऋतुमा मनाइने दशैं हो । यो पनि शारदीय नववर्षमा जस्तै विशेष खालको पर्व हो । जसमा ९ दिनसम्म विधि पूर्वक विभिन्न देवीहरुको पूजागर्ने गरिन्छ । त्यसैले पनि यो पर्वको समेत शास्त्रमा महत्व छ ।सनातन धर्मालम्बीहरुले धुमधामका साथ मनाउने यो दशैं यो वर्ष अरु वर्षको भन्दा भिन्न छ । कोरोना भाइरसको कारणले यो वर्षको दशैं समेत प्रभावित भएको छ । तर, यो एउटा अवसर समेत हो । जुन घरभित्रै सबैसँग दशैं मनाउने अवसरको रुपमा समेत यसलाई लिन सकिन्छ । 

यो नौ दिनमा घरमै बसेर के के गर्ने ?

चैते दशैंको पहिलो देवी भगवतीको प्रतिमा घरमा नै स्थापित गरेर पूजा गर्न सकिन्छ ।यदि तपाईं नवरात्रिको उपवास राख्न असमर्थ हुनुहुन्छ भने पनि खानामा विशेष ध्यान दिएर नवरात्र मनाउन सकिन्छ । यो समयमा उपवास बस्न नसक्नेहरुले जबर्जस्ती व्रत बस्दा यसले झनै समस्या सिर्जना गर्नसक्छ ।यो समयमा सकेसम्म सात्विक खाना लिनु स्वास्थ्य र धार्मिक हिसाबले समेत शुभ मानिन्छ । अहिले कोरोना भाइरसको प्रकोपका कारण आहारको शुद्धतामा विशेष ध्यान राख्नु आवश्यक मानिन्छ ।बाहिर गएर मन्दिरसम्म धाउनु भन्दा घरमै बसेर भक्ति र पूजा गर्न सकिन्छ ।सबैसँग प्रेम र सौहार्दको व्यवहार गर्नुहोस्, त्यसपछि लक्ष्मी घरमा बस्छिन्, नवरात्रको दिनमा, त्यहाँ कलह, द्वेष र अन्य कुनै कुरा त्याज्य छ ।

प्रकाशित : १२ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६