समाचार

फेला परे कोरोना संक्रमित युवतीसंगै आएका कपिलवस्तुका युवक, क्वारेन्टाईनमा पुराउदा भेटिएनन स्वास्थ्यकर्मी



मायादेवी, १२ चैत । कोरोना संक्रमित युवती चढेको विमानमा यात्रा गरेका कपिलवस्तु मायादेवी गाउ पालिका १ वर्रोहिया ३ का एक युवालाई क्वारेन्टाईनमा राखिएको छ । स्वास्थ्य अवस्था सामान्य रहेका नुर लाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोलीले छत्रपाली तिर्था देवी माविको क्वारेन्टाईनमा राखेको प्रहरी प्रवक्ता तथा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरक्षिक सुनिल मल्लले वताउनु भयो । 

        मायादेवि गाउ पालिकाको क्वारेन्टाईन मा अहिले स्वाथ्य कर्मि नै  छैनन । न्युनतम सुविधा पनी छैन । टेवल सावुन पानी केहीको पनी व्यावस्था भएको पाईएको छ । खाट र झुल मात्र राखीएको अवस्थामा रहेको छ । प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले पकडीबाट एक जना क्वारेन्टाईनमा राखिएको वताउनु भयो । कागजात हेर्ने काम भईरहेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नुर लाई क्वारेन्टाईनका लागी पठाएको प्रेस पाटीलाई वताउनु भयो । 

        केन्द्रको निर्देशन अनुसार नुरलाई क्वारेन्टाईन लगीएको हो । डराउने अवस्था छैन । उहाको स्थिती सामान्य रहेको छ । उहा चैत्र ४ गते कतारवाट आउनु भएको रहेछ । डकुमेन्ट हेर्दा मिल्यो र स्विकार समेत गर्नु भयो मल्लले वताउनु भयो । कोरोना संक्रमित युवती संगै आएको प्रमाण फेला परे पछी उहालाई क्वारेन्टाईनमा पठाएको हो । 

        यस अगाडी केही संचार माध्यमले कपिलवस्तु वुद्धभुमी ३ का युवा आशिस थारुलाई कोरोना संक्रमित युवती संगै आएको भ्रामक समाचार प्रकाशन भएको थियो । भ्रामक समाचारका कारण वुद्धभुमी नगरपालिका त्रसित्र समेत वनेको थियो ।

प्रकाशित : १२ चैत्र २०७६, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६